३ कार्तिक २०८३, मंगलबार

अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

अभिषेकले आफ्नो आधिकारिक ट्विटरमार्फत् आफू र बुवा अमिताभलाई कोरोना सङ्क्रमण भएको जानकारी दिएका छन् ।

दुवै जनालाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अभिषेकले दुवै जनालाई कोरोनाको सामान्य लक्ष्यण देखिएको ट्वीटरमार्फत् जानकारी दिए । अहिले उनीहरूकाे परिवारका अरु सदस्यको समेत कोरोना परीक्षण भइरहेको छ ।

अमिताभले पनि ट्वीटरमार्फत् गएको १० दिनभित्र आफ्नो सम्पर्कमा आउनेहरूलाई पनि कोरोनाको परीक्षण गराउन आग्रह गरेका छन् ।