शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

काभ्रेमा मास्क नलगाई हिँडेका ४ सय १९ जना नियन्त्रणमा

दैनिक नेपाल २०७७ असार २७ गते ७:००

बनेपा, २७ असार । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क नलगाई हिँडेका २३९ पुरुष र १८० महिलालाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिएका उनीहरुलाई कोरना भाइरसको जोखिम, जनस्वास्थ्य र सुरक्षा मापदण्डका बारेमा सेचत गराई छाडिएको कार्यालयले जनाएको छ ।

जिल्लामा कारोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि पनि सरकारको जारी गरेको न्यूनतम मापदण्ड पालना नगरेको पाईएकाले अनुगमन र चेकजाँच कडा गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी कुमारबिक्रम थापाले जानकारी दिए ।

उनका अनुसार चेकजाँचका क्रममा आज ४ सय १९ जनालाई नियन्त्रणमा लिइएको हो । सार्वजनिक स्थलमा सामाजिक दुरी कायम गरे नगरेको बारेमा पनि अनुगमन भइरहेको उनले बताए ।

जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै केही दिन अघि मात्र जिल्ला प्रशासन कार्यालय काभ्रेले घरबाट बाहिर निस्किदा मास्क अनिवार्य लगाउनुपर्ने र सामाजिक दुरी कायम गर्नुपर्ने लगायत जनस्वास्वाथ्य र सुरक्षा मापदण्ड कायम गर्न निर्देशन गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित