शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

कश्मीरमा एक भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु

दैनिक नेपाल २०७७ असार २६ गते १८:४५

काठमाडौँ, २६ असार । भारतीय सेनामा कार्यरत एक नेपालीको जम्मु–कश्मीरमा पाकिस्तानी सेनको आक्रमण परि ज्यान गएको छ ।

भारतीय सेनाका अनुसार जम्मु–कश्मीरको लाइन अफ कन्ट्रोल (एलओसी) मा युद्धविराम उल्लङ्घन गर्दै पाकिस्तानी सेनाले गरेको गोलाबारीमा हवल्दार सम्बुर गुरुङको शुक्रबार ज्यान गएको हो ।

१८ वर्षदेखि भारतीय सेनामा कार्यरत ३६ वर्षीय गुरुङ गोर्खा आरुघाट हुन् । उनका श्रीमती, दुई छोरी लगायतका आफन्तले भारत जान पास लिएको गाउँपालिकाले जानकारी दिएको छ ।

जम्मु–कश्मीरमै असार पहिलो साता दीपक कार्की र गत कार्तिकमा गामिलकुमार श्रेष्ठको मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित