बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

१०.२५ प्रतिशत सिटिजन्स बैंक ऋणपत्र नेप्सेमा सूचीकृत

दैनिक नेपाल २०७७ असार २६ गते १०:१३

काठमाडाैं, २६ असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले निष्काशन गरेको रु.२ अर्ब ५० करोड बराबरको ऋणपत्र “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६” लाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बिहीबारकाे विशेष समारोहमा उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से) तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हस्ताक्षर गरेका छन् । अब उपरान्त उक्त ऋणपत्र नेप्सेमार्फत कारोबार गर्न सकिनेछ ।

रु.२ अर्ब ५० करोड बराबरको (रु १,०००।– अंकित मूल्यका २५,००,००० कित्ता ) “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६” निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सम्पूर्ण ऋणपत्र बिक्री भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित