शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

लण्डनमा आफ्नै शिशुको हत्या आरोपमा एक नेपाली महिलामाथि मुद्दा

दैनिक नेपाल २०७७ असार २५ गते १६:०१

काठमाडौँ, २५ असार । आफ्नै नवजात शिशुको हत्या आरोपमा पक्राउ परेकी एक नेपाली महिलालाई बिहीबार हत्या अभियोगमा बेलायतको विन्चेस्टर क्राउन कोटमा उपस्थित गराइएको छ ।

तीन वर्षअघि नेपालबाट बेलायत आएकी २३ वर्षीया बबिता राईलाई सन् २०१७ मेमा नवजात शिशुलाई मारेर इङ्ग्ल्याण्डको अल्डरसटमा रहेको म्यानर पार्कमा गाडेको आरोपमा पक्राउ गरेको जनाइएको छ ।

प्रहरीका अनुसार उक्त शिशुलाई १९ मे, सन् २०१७ मा सो पार्कमा काम गर्ने एक कामदारले मर्मतसम्भारका क्रममा फेला पारेका थिए । कामदारले प्रहरीलाई खबर गरेपछि राईलगायत अन्य चार जनाविरुद्ध प्रहरीले अभियोग दर्ता गरेको थियो ।

प्रहरीका अनुसार शिशुको टाउकामा गम्भीर चोट लागेको सन् २०१८ मा गरेको शव परीक्षण रिपोर्टले देखाएको थियो । अदालतमा उक्त शिशुलाई ‘यम’ नामले सम्बोधन गरिएको थियो ।

अगस्ट १९ तारिखमा थप सुनुवाइ गर्नेगरी अदालतले बिहीबार समय तोकेको छ । न्यायाधीशले उनलाई आफ्नो पक्षमा वकालत गर्ने वकिलले थप कागजात बुझाएर पुनः तारिखका लागि निवेदन दिनसक्ने जनाएका छन् । –रासस

प्रतिक्रिया
सम्बन्धित