सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

ग्लोबल आइएमई बैंकद्वारा प्रदेश २ लाई आर्थिक सहयोग प्रदान

दैनिक नेपाल २०७७ असार २५ गते ७:०३

काठमाडाैं, २५ असार । ग्लोबल आइएमई बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश २ को सरकारलाई १० लाख रुपैयाँ सहयोग गरेको छ ।

बुधबार बैंकको प्रदेश २ प्रादेशिक कार्यालय प्रमुख निरज श्रेष्ठले प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

मुख्यमन्त्री राउतले कोरोना भाईरस (कोभिड –१९) विरुद्धको अभियानमा बैंकले गरेको यस सहयोग महत्वपूर्ण भएको उल्लेख गर्दै बैंकलाई धन्यवाद दिए ।

बैंकले, कोरोना भाईरसले नेपाल लगायत सम्पूर्ण विश्वलाई नै त्रसित बनाइरहेको अवस्थामा, यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास लिएकोे जनाएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित