१२ कार्तिक २०८३, बिहिबार

गाेरखामा मालबाहक ट्रक दुर्घटना

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाेरखा, २४ असार । पुल बनाउने ठेक्का लिएर ठेकेदारले लामो समयदेखि काम अलपत्र पारेको छेपारेखोलानेर मालबाहक ट्रक दुर्घटना भएको छ ।

खाद्यान्न सामग्री बोकेर गोरखाबाट सोतीतर्फ गइरहेको ग ३ क १०१७ नम्बरको ट्रक मंगलबार बिहान ११ बजे पल्टिएर दुर्घटना भएको ट्रकधनी हर्क गुरुङले जानकारी दिए ।

ट्रकमा चामल, च्यूरा, मैदा, चिनी, तेल लगायतका सामग्री रहेका थिए । दुर्घटनामा तीन लाख बराबरकाे क्षति भएकाे छ ।

कन्काई निर्माण सेवासंगको ज्वाइन्ट भेञ्चरमा, गोरखा एप्रोप्रियट निर्माण कम्पनीले २०७४ सालमा सो पुल निर्माण सम्झौता गरेको थियो । पुल अहिलेसम्म करिब ५० प्रतिशत मात्र काम भएको छ ।

बेनिघाट आरुघाट लार्के सडक अन्तर्गत पर्ने छेपारेखोलाको पुल कन्काई निर्माण सेवासंगको ज्वाइन्ट भेञ्चरमा निर्माण गर्न गोरखा एप्रोप्रियट निर्माण कम्पनीले २०७४ सालमा सम्झौता गरेको थियो ।

तीनर्षको अवधिमा पुल अहिलेसम्म करिब ५० प्रतिशत मात्र काम भएको स्थानीय हर्क गुरुङले जानकारी दिए ।