३ कार्तिक २०८३, मंगलबार

प्रेमसम्बन्धबारे बाेल्न चाहदिनन् कैटरिना कैफ

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेत्री कैटरिना कैफले प्रेम सम्बन्ध टुट्दा त्यसको असर लामो समयसम्म पर्ने बताएकी छन् ।

अभिनेता रणवीर कपुरसँग आफ्नो प्रेम सम्बन्ध विच्छेद हुँदा केही समय आफूलाई निकै गाह्रो भएको उनले बताएकी हुन् ।

पछिल्लो समय अभिनेता रणवीर अभिनेत्री आलिया भट्टसँग प्रेम सम्बन्धमा छन् । यी दुईको सम्बन्धलाई उनले ठूलो रूपमा लिएकी छैनन् । आलिया र रणवीरको प्रेमबारेको जिज्ञासामा उनले खुलेर बोल्न चाहिनन् ।

अरू कोसँग कसको प्रेम सम्बन्ध कस्तो चलिरहेको छभन्दा पनि अहिले आफू आफ्नो करिअर बनाउने पक्षमा रहेको बताएकी छन् ।

अहिले आफू त्यस्ता कुरामा सोचेर समय फल्न भन्दा पनि काममा केन्द्रित भएको उनले बताएकी छन्, ‘आजकाल मेरो जीवनको ८० प्रतिशत समय काममा केन्द्रित हुने गरेको छ । २० प्रतिशत समय मात्र निजी जीवनको सोचाइमा खर्चने गरेको छु ।’ आफू काममा पूर्ण व्यस्त रहेर निजी जीवनका कतिपय कुरा भुल्न खोजेको पनि उनले बताएकी छन् ।