शुक्रबार, ९ साउन २०७७
DainikNepal.com
शुक्रबार, ९ साउन २०७७

नेकपा बचाउने अस्त्र : जबजको पुनर्जीवन र प्रचण्डलाई ‘आइसोलेसन’

निर्मल भट्टराई २०७७ असार २३ गते १४:५७

-निर्मल भट्टराई

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चरम आन्तरिक संघर्षबाट गुज्रिरहेको छ ।

स्थायी समितिको बैठक बारम्बार स्थगित भईरहँदा र दुई अध्यक्षविच टकराव यथावत रहँदा पार्टी विभाजन हुने आँकलन सर्वत्र गर्न थालिएको छ ।

बाम गठबन्धन हुदै दुई बर्ष अघि एकतामाआएका तत्कालीन एमाले र माओवादी केन्द्रविच भागबण्डा र अन्य कतिपय कारणले एकता प्रक्रियाका कैयौं काम अभै बाँकी छन् ।

अझै एकताले राम्ररी खुट्टा टेकिसकेको छैन । एकताको काम नसकिदै विभाजनतिर जाने हो कि भन्ने सर्वत्र चासो र चिन्ता छाएको छ ।

शक्तिको हिसाबले तत्कालीन एमालेले करिब सत्तरी प्रतिशत र तत्कालीन माओवादी केन्द्रले करिब तीस प्रतिशत हिस्सा मिसाएर नेकपा एकता गरिएको हो ।

तर एकताको भावनालाई ख्यालमा राखेर पार्टीको संख्यात्मक एकताचाँहि ६०/४० को अनुपातमा भयो । केन्द्रदेखि जिल्लासम्म (त्योभन्दा तल त अधिकांश ठाउँमा एकीकृत संरचना नै बन्न सकेका छैनन्) पार्टी संगठन लामो समयदेखि लकडाउनको अवस्थामा छ ।

आपसी तानातानले पार्टी संगठन माथिदेखि तलसम्म चल्न सकेको छैन । पार्टीका अधिकांश नेता कार्यकर्ता पार्टी कामको अभावमा हात बाँधेर बस्नु पर्ने अवस्था उत्पन्न भएको छ ।

मदन भण्डारीले जनताको बहुदलीय जनबादको ब्याख्या गर्ने क्रममा भनेकाथिए–“जनताको बहुदलीय जनबाद भनेको सामन्तबाद–साम्राज्यबादबिरोधी जनबादी ब्यवस्था हो ।”

पार्टी एकताको प्रमुख आधार विचार हो । पार्टी एकता गर्दा वैचारिक पक्षलाई त्यति ध्यान दिईएन । वैचारिक पाटोलाई नजर अन्दाज गरेरदुई पार्टीका प्रमुख नेताको गाला जोडेर भएको नेकपा एकता कुनै पनिवेला संकटमा पर्न सक्ने निस्चित प्रायः नै थियो ।

माओवादको असफलता र जनताको बहुदलीय जनवादको सार्थकतालाई विर्सेर नेकपाको अन्तरिम दस्तावेजमा जबजको सार उल्लेख गरिए पनि तत्कालीन माओवादी केन्द्रको दवाबमा रुपको “बहुदलीय”शब्द हटाउँदा नेकपामा जबज “टाउको काटिएको” निर्जीव अवस्थामा रहन पुग्यो ।

नेकपामा माओवादको ह्याङ्ओभर भित्रियो । दश वर्षे माओवादी जनयुद्धको जस अपजस भित्रियो । फोटो विवाद शुरु भयो, जनयुद्ध दिवसको लफडा शुरु भयो ।

पार्टी एकताको अर्को प्रमुख विषय पार्टी संगठन संगठित सदस्यताको थियो । केही अपवादलाई छोडेर तत्कालीन नेकपा(एमाले)मा पार्टी सदस्यता प्राप्ति गर्ने प्रक्रिया पारदर्शी र विधानसम्मत थियो । केन्द्रदेखि तृणमूल तहमा पार्टी सदस्यताको रेकर्ड व्यवस्थित थियो ।

तर तत्कालीन माओवादी केन्द्रमा सदस्यताको विषय सबैभन्दा भद्रगोलको अवस्थामा थियो । तत्कालील एमाओवादीको विराटनगर सम्मेलन अघि केही जिल्ला नेतृत्वको चुनाव गराएको थियो । ती चुनाबमा नेतृत्वमा आउन वा कायम रहन नक्कली पार्टी सदस्यता बनाउने होडवाजी चल्यो ।

तत्कालीन एमाओवादी भोजपुरा राज्यसमिति र भक्तपुरमा मतदाता नामावलीबाट नाम र ठेगाना लिने अनिफोटो स्टुडियोबाट पुराना फोटोहरु निकालेर टाँस्ने क्रान्तिकारी तरिका अवलम्वन गरेर हज्जारौं नक्कली पार्टी सदस्य बनाएको घटना यहाँस्मरण गर्नु पर्ने हुन्छ ।

तत्कालीन माओवादीमा संगठन र पार्टी सदस्यताको बारेमा बढी चासो राख्ने पोष्टबहादुर बोगटीकोदेहावसान पछि पार्टी जीवनको सबैभन्दा महत्वपुर्ण पक्ष पार्टी सदस्यता र पार्टी संगठन पूरै ओझेलमा पर्यो । अमूक नेताको टीकाप्राप्त गरेर नेता बन्ने प्रचलन कायम माओवादी केन्द्रको आम प्रवृति बन्यो ।

माक्र्सवादले बस्तु, घटना र प्रक्रियालाई नियमितता रआकस्मिकताको दार्शनिक नजरले हेर्न सिकाउछ । नेकपामा अहिले आएको समस्या कुनै आकस्मिक समस्या होइन । यो पार्टी एकतासंगै बोकेर ल्याईएको समस्या हो ।

नेकपाका वर्तमान अध्यक्ष तथा तत्कालीन नेकपा(मशाल)कामहामन्त्री प्रचण्डले २०४५सालमा “नेपाली क्रान्तिका समस्या रदृष्टिकोणको प्रश्न”भन्ने दश्तावेजमा “नेपाली क्रान्तिको चरित्र सामन्तबाद–साम्राज्यबाद विरोधी अर्थात् नयाँ जनबादी हुन्छ” भनेका थिए ।

२००७ सालदेखि ०६३ सालसम्मका जनआन्दोलन,जनयुद्ध र मधेश आन्दोलनले नेपालमा थुप्रै परिवर्तन ल्यायो, सामन्तवादी सत्तालाई समूल नष्ट गर्यो तर चीनमा भएको जस्तो नयाँ जनवादीक्रान्ति नेपालमा सम्पन्न हुन सकेन ।

माओबादी १० बर्षे जनयुद्धको उदेश्य त्यही भए पनि त्यो पूरा हुन सकेन । मुख्य उदेश्यमा माओबादी जनयुद्ध असफल रह्यो । सत्ता कब्जा गर्ने प्रचण्डको अभिलाषा पूराहुन सकेन ।

आफ्नो जीवनको सबभन्दा प्रमुख ध्येय सत्ता कब्जा बनाएका प्रचण्डको अन्तर हृदय फेरिएको देखिदैन । प्रचण्डको त्यो मन नेकपाको सम्पूर्ण सत्ता कब्जा गर्नेतर्फ वेगवान बाजझैं उडिरहेको छ ।

यिनै पृष्ठभूमिमा बनेको एकता आज संकटमा छ ।

“ढाडमा टेकेर टाउकोमा हान्ने” नीतिका सूत्रधार कमरेड प्रचण्डलाई नेकपा एकतापछि कहिले केपी शर्मा ओलीले त कहिले माधव नेपालले “बेड पार्टनर”बनाए ।

नेकपालाई विभाजनको संकटबाट जोगाउन दुई ब्रम्हाश्त्रको प्रयोग अनिवार्य भसकेको छ ।

एक: जबजलाई ब्युँझाउने

तत्कालीन नेकपा (एमाले)लाई जनतामा आधारित प्रमुख राष्ट्रिय पार्टी बनाउन मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको अतुलनीय योगदान रहेको छ ।

नब्बेको दशकमा विश्व कम्युनिष्ट आन्दोलनले खाएको धक्का पश्चात् नेकपा (एमाले) ले नौलो जनवादबाट आफ्नो कार्यक्रमलाई बहुदलीय जनबाद बनायो ।

मदन भण्डारीले जनताको बहुदलीय जनबादको ब्याख्या गर्ने क्रममा भनेकाथिए–“जनताको बहुदलीय जनबाद भनेको सामन्तबाद–साम्राज्यबादबिरोधी जनबादी ब्यवस्था हो ।”

उनले यसो पनि भनेका थिए जबजभनेको नयाँ विशेषता सहितको नयाँ जनबाद नै हो । जबजलाई मार्गदशक सिद्धान्त बनाएपछि तत्कालीन एकालेले आफ्नो पकडलाई विस्तार गर्दै लग्यो ।

मदनको हत्यापछि केपी शर्मा ओली, माधव नेपाल, ईश्वर पोखरेल र बामदेव गौतमले जबजको रक्षा र विकास गर्दै अगाडि बढे । जबजका आलोचक सि पी मैनाली बाहिरिए भनेअर्का आलोचक झलनाथ खनाल विस्तारै जबजको समर्थक बने ।

नेकपाको वर्तमानको प्रभुत्व कायम राख्ने हो भने जबजका अनुयायी उल्लिखित नेताहरु एक ठाउँमा आउनै पर्दछ । नत्र बर्वादीको साक्षी बन्न तयार हुनुपर्दछ ।

दुई: प्रचण्डलाई एक्ल्याउने

“ढाडमा टेकेर टाउकोमा हान्ने” नीतिका सूत्रधार कमरेड प्रचण्डलाई नेकपा एकतापछि कहिले केपी शर्मा ओलीले त कहिले माधव नेपालले “बेड पार्टनर”बनाए ।

तत्कालीन एमालेभित्रको घाँटी कटुवा प्रतिस्पर्धाको फाईदा उठाउन चतुर राजनीतिक खेलाडी प्रचण्डलाई बाँया हातको खेल थियो । जसले गर्दा दुई बर्षको अवधिमा नेकपामा यो महासंकट पैदा भयो ।

तर तत्कालीन एमाले नेतृत्वले सदैव भुल्नुनहुने तथ्य थियो—कमरेड प्रचण्ड ध्वंशका नायक हुन् । पुरानो राज्य सत्ता भत्काउन उनको महत्वपूर्ण योगदान छ । तर दुस्खका साथ भन्नुपर्छ निर्माण उनको प्राथमिकता होइन ।

उनले विगतमा आफू बसेको पार्टी ध्वंशगरे, माओवादी जनयुद्धमा अरु थुप्रै कुरा ध्वंश गरे । र, नेकपा पनि उनले ध्वंश गर्न सक्छन् । उनलाई नेकपाको अध्यक्षमात्र स्वीकारिएन, कार्यकारी अध्यक्षको विल्ला समेत भिराईयो । त्यसले समस्या सुल्झाएन, बरु बढायो, बढाईरहेछ । तत्कालीन नेकपा (एमाले)को नेतृत्वमा अब त चेत खुल्यो कि !

त्यसकारण झट्ट सुन्दा अप्रिय लागे पनि नेकपालाई विभाजनको थप संक्रमणबाट बचाउन जबजका अनुयायीहरु सजग बनेर प्रचण्डलाई केही समय ‘आइसोलेसन’मा राख्न सक्नु पर्दछ ।

माओवाद, अग्रगामी छलाङ्लगायत सबै हतियार बुझाई सकेका प्रचण्ड ‘आईसोलेसन“बाट भाग्ने कुनै तागत राख्ने छैनन् । नेकपा जोगियो भने समयक्रममा सबैको सहमतिले प्रचणडलाई पार्टीको सम्पुर्ण बागडोर सुम्पन नसकिने होइन ।

प्रतिक्रिया
सम्बन्धित