शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

सुशान्त सिंह आत्महत्यामा बलिउड निर्देशक भन्सालीसँग प्रहरीले तीन घन्टा बयान लियो

दैनिक नेपाल २०७७ असार २३ गते १०:१३

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा बलिउड निर्देशक संजय लीला भन्सालीसँग मुम्बई प्रहरीले तीन घन्टा बयान लिएको विवरण सार्वजनिक भएका छन् ।

भन्सालीसँग मुम्बईस्थित बान्द्रा प्रहरी कार्यालयमा सोधपुछ पछि सान्ताक्रुज प्रहरी कार्यालयका डिएसपी अभिषेक त्रिमुखेले पनि १ घण्टा बयान लिएको मिडिया रिपोर्टमा उल्लेख छन् ।

भन्सालीले  सुशान्तसँग सन् २०१६ मा कुरा गरेपछि कहिल्यै कुरा नगरेको र उनको नजिक नभएकाले उनलाई सुशान्तको ‘डिप्रेसन’का बारेमा पनि थाहा नभएको बताए ।

‘राम लीला’ र ‘बाजीराव मस्तानी’बाट सुशान्तलाई निकालेको विषयमा भन्साली सुशान्तको ध्यान त्यतिबेला यसराज फिल्मको ‘पानी’ सिनेमामा रहेको बयान दिए ।

अभिनेता सुशान्तले १४ जुनमा आफ्नो मुम्बईस्थित घरमा पासो लगाइ आत्महत्या गरेका थिए। उनले पछिल्लो ६ महिनादेखि ‘डिप्रेसन’को उपचार गराउँदै आएका थिए ।

उनको आत्महत्यापछि बलिउडमा नेपोटिजमको बहस उचालिएको छ ।

प्रतिक्रिया
सम्बन्धित