३० आश्विन २०८३, शुक्रबार

बेलायतको अन्तर्राष्ट्रिय फोरमको अध्यक्षमा नेपाली निर्वाचित 

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन । नेपालीहरूले बिदेशमा पनि आफ्नो प्रभावशाली उपस्थिति देखाउने क्रम बढ्दो छ ।

बिदेशमा ब्यबसाय, अध्ययनसंगै बिभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाहरूमा नेपालीहरू नेतृत्व तहमा पनि स्थापित भइरहेको छ ।

यसै सिलसिलामा सोमबार भएको बेजिंगस्टक मल्टिकल्चरल फोरमको ट्रष्टीहरूको बैठकले शिवजी श्रेष्ठलाई आगामी कार्यकालको लागि अध्यक्ष पदमा निर्वाचित गरेको छ ।

यसअघि लामो समय भारतीय र क्यारेबियन नेतृत्वको बाहुल्य रहेको यस फोरममा अफ्रिकन मुलुक नाइजेरियन मुलका अध्यक्षलाई बिस्थापित गर्दै पहिलो पटक नेपाली सो स्थानमा निर्वाचित भएका हुन् ।

फोरममा एसिया, अफ्रिका, क्यारेबियन, युरोप लगायतका १९ राष्ट्रबाट आएका आप्रवासीहरूको २७ वटा संगठन सदस्य रहेको छ ।

बेजिंगस्टक डिन बरो काउन्सिल समेतको आर्थिक सहयोगमा संचालित यस फोरमको सन् १७७३ मा बनेको २४७ वर्ष पुरानो आफ्नै भवन रहेको छ ।

करीव २ लाख जनसंख्यामध्ये ९५ प्रतिशत ब्रिटिश गोराहरूको बाहुल्य रहेको यस क्षेत्रमा ५ प्रतिशत ब्लाक अफ्रिकन, एसियन आप्रवासीहरूको बसोबास रहेको छ ।

अफ्रिकन, क्यारेबियन, एसियन तथा अन्य युरोपियन मुलुकबाट आएका बिभिन्न अल्पसंख्यक समुदायहरूलाई सरकारीस्तरमै एउटै छातामुनि संगठित गर्दै उनीहरूको भाषा, धर्म संस्कृति, सामाजिक तथा शैक्षिक गतिबिधि संचालन गर्ने जिम्मेवारी रहेको यस संस्थाले कल्चरल डाइभर्सिटी, स्थानीय सरकारी निकायहरूसंग नेटवर्किंग गर्दै उनीहरूको जल्दोबल्दो समस्यालाई सम्बोधन गर्ने गर्दछ ।