सिरहा, २३ असार । सिरहाको लक्ष्मीपुर पतारी वडा नं. ४ धन्छवार र वडा नं. ६ सीतापुर बजारदेखि पश्चिमपट्टिको ५० विघा खेती योग्य जमिन जलमग्न भएको छ ।
गाउँपालिकाको लापरवाहीले गर्दा पचास विघा जमिन जलमग्न रहेको सीतापुरका किसान भेदीलाल यादवले बताए ।
पटक पटक गाउँपालिका अध्यक्ष रामवल्लभ साहलाई सो जमिनको बारेमा जानकारी गराए पनि कुनै किसिमको चासो नदिएको किसान यादवले बताएका छन् ।
वडा नं. ६ का अध्यक्ष राजेश्वर साह सुडिका अनुसार उचित नला तथा पानीको बहाब नभएकोले सो जमिन जलमग्न भएको उल्लेख गरे ।
गाउँपालिका अध्यक्षद्वारा सो स्थलमा निरीक्षण गरे पनि कुनै किसिमको चासो नदिएको र सो व्यवस्थापनका लागि गाउँपालिकास्तरमा बजेट समेत नछुट्याएको वडाध्यक्ष सुडीको आरोप छ ।
















प्रतिक्रिया