शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

हलिउड फिल्ममा प्रियंकाले काम गर्ने पक्का

दैनिक नेपाल २०७७ असार २३ गते ९:४१

न्युयाेर्क ।  बलिउड अभिनेत्री प्रियंका चोपडा एक्सन साइन्स फिक्सन म्याट्रिक्सको चौथो श्रृखंलामा काम गर्ने पक्का भएको छ ।

टाइम्स अफ इण्डियाले सिनेमामा प्रियंका अनुबन्धित भएको जनाएको छ । सिनेमामा प्रियंका अनुबन्धित भएको जनाइए पनि उनी कस्तो खाले भूमिकामा अनुबन्धित भएकी हुन भन्ने बारेमा केही उल्लेख गरिएको छैन ।

सिनेमामा क्यारी एनी मोस, नेल प्याट्रिक ह्यारिस र यह अभ्दुल-माटिन पनि प्रमुख भूमिका हुनेछन् । सिनेमाको हालैमात्र बर्लिनमा पुनः काम सुरू भएको छ ।

मार्चमा कोरोना महामारी सुरू भएपछि सिनेमाको काम रोकिएको थियो । सिनेमाको सान फ्रान्सिस्कोको काम भने लकडाउन अगावै सकिएको थियो ।

सिनेमाका एक्सन दृश्यका लागि कलाकारहरूले हप्तौंसँग प्रशिक्षण लिइएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित