शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

पक्षपाती व्यवहारले फिल्म खेल्न पाएनः ताप्सी पन्नु

दैनिक नेपाल २०७७ असार २१ गते ८:५१

मुम्बइ । बलिउड अभिनेत्री ताप्सी पन्नुले ‘नेपोटिजम’का कारण कयौं फिल्म आफ्नो हातबाट गुमाउनु परेको बताएकी छिन् ।

करिअरको सुरूआती दिनमा फिल्मी क्षेत्रमा रहेको पक्षपाती व्यवहारले गर्दा फिल्म खेल्न नपाएको बताएकी हुन् ।

राम्रो फिल्म छनौट र आफ्नो अभिनय शैलीले बलिउडमा ठाउँ बनाउन सफल ताप्सी अहिले धेरै फिल्म निर्माता र दर्शकको छनोटमा पर्छिन् ।

तेलेगु र तामिल फिल्म हुँदै बलिउड प्रवेश गरेकी उनले ‘थप्पड’, ‘पिंक’, ‘मनमर्जिया’ लगायत राम्रा फिल्ममा अभिनय गरेकी छिन् ।

नेपोटिजमका विषयमा बलिउडका अन्य कलाकारले आफ्नो अनुभव साटिरहेको बेला ताप्सी पनि बोलेकी टाइम्स अफ इन्डियाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित