
मेलबर्न, १९ असार । अस्ट्रेलियाको विक्टोरिया राज्यको राजधानी मेलबर्न शहरको विन्डम भेल काउन्सिलमा बन्दै गरेको एउटा नयाँँ बस्तीमा दोश्रो विस्वयुद्धमा बहादुरी प्रदर्शन गरेर बीरगति प्राप्त गर्ने नेपालीको संझनामा एउटा बाटोको नाम गोर्खा वे राखिएको छ ।
यो बाटोको दुबैतिर गरेर करीब ३० घडेरी छन् जसले करीब १,००० बर्गमिटर क्षेत्रफल ओगटछ । यस्को नजिकै एउटा पार्क पनि बन्दैछ ।
यसरी बाटोको नाम राख्नका लागि मेलबर्नको वैरबी निवासी रोशनी श्रेष्ठले पहल गरेकी हुन् ।
यस्तो सोंच उनी विक्टोरिया राज्यकै अर्को शहर वालाराट बस्दादेखि नै आए तापनि त्यहाँ यस्का लागि उपयुक्त वाताबरण नपाएकोले केही नगरिराखेकोमा वैरबीमा बस्न थालेपछि त्यहाँ वार म्युजियम पनि भएको पाएपछि नयाँँ बस्तीमा आफ्नो सोंचलाई मूर्त रुप दिन सकिन्छ कि भनी पहिला काउन्सिलमा प्रस्ताब राख्दा काउन्सिलले डेभलोपरसंग समन्वय राख्नुपर्ने सुझाएपछि डेभलोपरसंगको कुराकानीपस्चात प्रस्ताबलाई मूर्त रुप दिन अबधारणा प्रस्ताब माग गरेपछि उनले पेश गरेको अवधारणा प्रस्तावलाई रिभर वाल्क भिलेज पार्क निर्माणमा कार्यरत डेभलोपरले स्वीकृति प्रदान गरेपछि यस्लाई आधिकारिकता दिन असिस्टेण्ट डेभलोपमेण्ट मैनेजर स्टेभ पोल्लार्डले काउन्सिलमा पठाएपस्चात काउन्सिलको स्वीकृतिपछि यो नामले आधिकारिकता पाएको हो ।
विक्टोरिया क्रस प्राप्त नेपालीको नाममा यही बाटोको नजिकै शालिक राखेर कम्तीमा पनि बर्षको एक पटक यही बाटो हिंड्दै गएर शालिकमा सम्मान दिन पाए हुन्थ्यो भन्ने श्रेष्ठको सोंच रहेकोले यस्का लागि अबधारणा प्रस्ताब बनाउँदा र प्रकृया अगाडि बढाउँदासम्म जग्गा नै बाँकी नहुन सक्ने भएकोले यथाशक्य छिटो डेभलोपरसंग समन्वय गरी योजनाकारलाई यो प्रयोजनको लागि सम्भब भएसम्म आबस्यक जग्गा छुट्याइदिन अनुरोध गर्न सुझाब दिएका छन लुम्बिनी कपिलवस्तु विश्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) का विस्व सल्लाहकार रामकुमार श्रेष्ठले ।
संभवत मेलबर्नमा महत्वपूर्ण ठाउँमा बाटोको नाम यसरी नेपाली राखिएको पहिलो हुन सक्ने भन्दै सफलताको लागि हार्दिक बधाई ज्ञापन गर्दै शालिक स्थापनाको सोंचले पनि मूर्त रुप लेवस भन्ने शुभकामना ब्यक्त गरेका छन् श्रेष्ठले ।















प्रतिक्रिया