आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

सानिमा बैंक र आईएमएस ग्रुपबीच ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता

दैनिक नेपाल २०७७ असार १९ गते ८:४३

काठमाडाैं, १९ असार । सानिमा बैंक लि. र आईएमएस ग्रुपबीच बैंकका ग्राहकहरूलाई विभिन्न सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकले आईएमएस ग्रुपको काठमाडौं कमलपोखरीस्थित सिटी सेन्टर र दरबारमार्गस्थित वन दरबार मलमा रहेको आईएमएस लिटल स्माइल्स स्टोरबाट डेबिट क्रेडिट कार्ड प्रयोग गरी ड्रोन, गिम्बल, ह्युमिडिफायर, पावर बैंक, बेबि प्रोटक्टस् आदि खरिद गर्दा ५ प्रतिशत छुट प्राप्त गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

साथै क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई १८ महिनासम्मको मासिक किस्ताबन्दी (ईएमआई) सेवा पनि उपलब्ध रहेको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र आईएमएस ग्रुपका तर्फबाट ग्रुपका अध्यक्ष तथा निर्देशक डिकेस मल्होत्राले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित