३ कार्तिक २०८३, मंगलबार

बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको निधन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको ७२ वर्षकाे उमेरमा बिहीबार राति निधन भएको छ ।

उनकाे हृदयघातबाट निधन भएकाे जनाइएकाे छ । हृदयघाट भएपछि गत महिना उनलाई मुम्बईको गुरू नानक अस्पताल भर्ना गरिएको थियो ।

जुन १७ मा सास फेर्न समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । सरोजका पतिसँगै दुई छोरी र एक छोरा छन् ।

बलिउडमा झण्डै ४ दशक काम गरेकी सरोजले ४ हजार बढी गीतमा नृत्य निर्देशन गरेकी छिन् ।

नृत्य निर्देशनमा तीन पटक राष्ट्रिय अवार्ड जितेकी सरोजले नृत्य निर्देशन गरेका चर्चित गीतमा संजय लीला भन्साली निर्देशित ‘देवदास’ सिनेमाको ‘डोला रे डोला’, माधुरी दिक्षित अभिनित ‘तेजाब’ सिनेमाको ‘एक दो तीन’ र ‘जब वी मेट’ सिनेमाको ‘ए इश्क हाय’ लगायतका छन् ।

उनले अन्तिमपटक करन जोहर निर्मित ‘कंलक’ सिनेमाको ‘ तबाह हो गई’ गीतमा कोरियोग्राफी गरेकी थिइन् ।