काठमाडौं, १८ असार । कोरोना महामारीका कारण लकडाउनबाट समस्यामा परेकाहरूलाई लाइन्स क्लवका अध्यक्ष सुवास गुरुङ र महिला लायन्स क्लव जागृतिकी अध्यक्ष रश्मीला श्रेष्ठले सहयोग गरेका छन् ।
‘जहाँ अभाव त्याहाँ लायन्स’ भन्ने नाराका साथ लकडाउनबाट समस्यामा परेकाहरूलाई काठमाडौंको गंगबु क्षेत्रमा सहयोग गर्नुका साथै विपन्नहरूलाई खाना खुवाइएको रश्मीलाज फेसियल हाउसका अध्यक्ष प्रकाशकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
रश्मिलाज फेसियल हाउसकी वनर प्रोफेसनल ब्यूटीसियन लायन रश्मीला श्रेष्ठले लकडाउनबाट समस्यामा परेकाहरूलाई सहयोग गर्नुका साथै खाना खुवाइएको जानकारी दिएन् ।
नयाँ बसपार्क युवा समूहद्वारा काठमाडौंको बिभिन्न स्थानमा बिगत ३ महिनादेखि गरीव निमुखाहरूलाई निःशुल्क बिहान र बेलुका २ छाक भोजन खुवाउने कार्यक्रम गरिरहेका छ ।
सो कार्यमा अध्यक्षद्वय गुरुङ र श्रेष्ठले खाद्यान्न सहायेग गरेका हुन् ।
लायन्स क्लबको तर्फबाट उनीहरूले भोजनका लागि दाल, चामल, क्वाँटी, तेल लगायतका खाद्य सामग्रीहरू हस्तान्तरण गरिएको जनाइएको छ ।
मनबहादुर रोक्का, ईमिडेट पाष्ट डिष्ट्रिक्ट गभर्नर ईन्द लम्साल, डिष्ट्रिक्ट सेक्रेटरी सूर्य केसी, लायन्स गोंगबु क्लबका संस्थापक अध्यक्ष एरिया लिडर बालकृष्ण बुर्लाकोटी, लायन्स जागृति क्लबका चार्टर्ड प्रेसिडेण्ट तथा डिष्ट्रिक्ट डिपार्टमेण्ट चिफ ज्ञानु बुर्लाकोटी, पीएमसीसी राजन लम्साल, सेकेण्ड भिडिजी महेन्द्र पौडेल, डिपार्टमेण्ट को–चिफ प्रकाशकुमार श्रेष्ठ, सिनियर एड्भाईजर सुनिलकुमार श्रेष्ठ, जोन चेयर पर्सन लक्ष्मण ढुङ्गाना, गोंगबु क्लब कोषाध्यक्ष सन्तोष धमला र निवर्तमान कोषाध्यक्ष रमेश पाण्डेसहितको उपस्थिति रहेको थियो ।
महाराजञ्ज प्रहरी वृत्तका प्रमुख डीएसपी रोशन खड्का, गोंगबु वृत्तका सन्तोषकुमार दाहाललगायतको उपस्थिति रहेको थियो ।















प्रतिक्रिया