१२ कार्तिक २०८३, बिहिबार

नेवारपानीमा अवैध लागूऔषध चरेश बरामद

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

मकवानपुर, १८ असार । हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित सडकबाट अवैध लागूऔषध चरेश ५ केजी बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना.४३ प ५७८४ नम्बरको मोटरसाइकल छोडी चालक फरार भएपश्चात मोटरसाइकल जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी प्रहरीले बरामद गरेको हो ।

हाल फरार उक्त मोटरसाइकलका चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।