३ कार्तिक २०८३, मंगलबार

निफले चौथो संस्करणका लागि फिल्म दर्ता खुल्ला

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ असार । नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ) को चौथो संस्करणका लागि फिल्म दर्ता गर्ने समय खुल्ला गरिएको छ ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा वर्षेनी हुँदै आएको फेस्टिभलको नयाँ संस्करण फागुन १२ देखि १६ (फेब्रुअरी २४ देखि २८, २०२१) सम्म हुने र त्यसका लागि आवेदन खुल्ला गरिएको आयोजक संस्थाले विज्ञप्ती मार्फत जनाएको छ ।

फेस्टिभलमा सहभागिता जनाउन चाहने इच्छुक फिल्मकर्मीहरुले यही २०२० जुलाई १ देखि नोभेम्बर ३० सम्म सहभागिताका लागि आवदेन गर्न सकिने प्रतिष्ठान अध्यक्ष केपी पाठकले विज्ञप्ति मार्फत् जनाएका छन् ।

‘विश्वका कथाहरुको कथ्य उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्य सहित सुरुभएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मको विधा थप गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

‘बेस्ट पान्डेमिक फिल्म’ नाम दिइएको यो विधामा विजेता फिल्मले ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने अध्यक्ष पाठकले जानकारी गराए ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी दुई भागमा बाँडेर प्रदान गरिने अवार्डमा अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतमबुद्ध अवार्ड अवार्ड प्रदान गरिनेछ भने यो फिल्मले इन्टरनेसनल फेडरेसन अफ फिल्म सोसाइटिजको जुरीको तर्फबाट आइएफएफएस डन क्विजोट अवार्ड प्राप्त गर्नेछ ।

यसैगरी अन्तर्राष्ट्रिय विधा तर्फै सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ५ सय डलर राशिको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशिको बाग्मती अर्वाड प्रदान गरिनेछ ।

साथै , नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख रुपैयाँ नगद, उत्कृष्ट सर्ट फिल्मलाई ५० हजार नगद र सर्ट फिल्म मध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफि प्रदान गरिनेछ ।

यो बाहेक फिचर फिल्म विधा तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाँकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ । फेस्टिभलमा सहभागिताका लागि फिल्मकर्मीहरुले www.filmfreeway.com मार्फत फिल्म पठाउनुपर्नेछ ।

अन्तरास्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्ट र डकुमेन्ट्री फिल्मले १५ अमेरिकी डलर र फिचर फिल्मले २० डलर आबेदन शुल्क FilmFreeWay लाई तिर्नुपर्नेछ । । यसैगरी महामारीको विषयमा बनेका फिल्मले १० डलर तिरेर सहभागिता जनाउन सक्नेछन् । तर,नेपाली प्रतिस्पर्धा अन्तर्गत आबेदन दिन भने भने कुनै शुल्क लाग्ने छैन ।