शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

ओलीको विकल्प मात्रै ओली

अब पहिलो पुस्ता कदापी स्वीकार्य हुँदैन

बिबि श्रेष्ठ २०७७ असार १७ गते ८:३६

-बिबि श्रेष्ठ

अन्तरद्वन्द्वमा नै आफ्नो भविष्य देख्नेहरु पुन सरकारमाथि चौतर्फी आक्रमणमा अभ्यस्त बनिरहेका छन् । संविधान निर्माण पश्चात् देशमा चुनावमा लामो समयपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाको बहुमतको केपी ओलीको नेतृत्वमा सरकार बनेको छ ।

नेपालमा सँधै अस्थिरतामा सरकार बन्ने र भत्कने अवस्थामा नेकपा त्यसमा पनि केपी ओलीको नेतृत्वमा भएको चुनावमा जनताले बहुमतका साथ पाँच वर्ष सरकार संचालनका लागि जिम्मेवारी दिएको थियो । त्यहि सरकारले नै देश संचालन गरिरहेको छ ।

यहि समयमा देशमा विश्वव्यापी रुपमा फैलिएको कोरोनाले प्रताडित बनाईरहेको सन्र्दभमा राम्रो काम गरिरहेको, भारतले अतिक्रमित भूमिलाई नेपालको नक्सामा नै समाहित गरि संसदबाट नै संविधान संशोधन गरिरहेको बेला सरकारमाथि पार्टी भित्रबाट गरिने प्रहार नेपाल जनतालाई सह्य हुन सक्दैन ।

विशेषगरी, केपी ओलीको सरकारले देश र जनताको आवाजलाई सम्वोधन गर्दा भारतीय विस्तारवाद र भष्टाचारविरुद्धको अभियानमा धावा बोलेको कुरा जगजाहेर नै छ । यहि परिवेशलाई लिएर देशमा सँधै अस्थिरतामा खेलेर आफ्नो भुमिका खोज्नेहरुको साथ लिएर भारत नेपालमा अस्थिरता निम्त्याउन चाहन्छ ।

देशमा प्रतिपक्षी दलसमेत सरकारको काम कारवाहीमाथि प्रश्न चिन्ह खडा गर्न नसकेको सन्दर्भमा नेकपा भित्रबाट नै सरकारको सकारात्मक काम देख्न नसक्ने भनेको पूर्वाग्रही र स्वार्थ शिवाय अन्य केही हुन सक्दैन ।

नेकपाको स्थायी समितिको बैठकमा एजेण्डा भन्दा बाहिर गएर प्रधानमन्त्रीको राजीनामा माग्ने भनेको देशलाई पुन अस्थिरता निम्त्याउने भन्दा अन्य हुन सक्दैन । यहि बुझेको भारत नेपालमा नेकपाका नेताहरुलाई नै प्रयोग गरेर ओली सरकार हटाउने अभियानमा लागेको छ भने स्वार्थकेन्द्रित राजनैतिक दलहरु भारतको गुलामी गरेर शक्ति र सत्ता हत्याउने अभियानमा छन् । जुन नेपाली जनताको भावनाविपरित भन्दा अन्य हुन सक्दैन । प्रधानमन्त्रीको धारणाले देशको नैतिकतामाथि प्रश्न चिन्ह खडा भएको दाबी गर्नेहरुले आफ्नो भूमिकाचाहिँ हेर्नु पर्देन ? देशको सार्वभौमसत्ता र स्वतन्त्रतमा ओलीको जस्तो भूमिका कोही नेतासँग तुलनायोग्य कसरी हुन सक्दछ र ?

बर्षैपिच्छे सरकार बनाउनेमा अभ्यस्त बनेको नेपालमा स्थायी सरकारको चाहना स्वरुप नै ओली नेतृत्वको बहुमतको सरकार हो । जुन आम जनताको भावनाको प्रतिनिधित्व ओली सरकारले गर्दछ । देशमा स्थिर सरकार होस र विकास निर्माण र आर्थिक रुपमा नेपाल सवल र सक्षम बनोस्, यहि आम जनता चाहन्छन् र ओली सरकार पनि त्यहि बाटोमा क्रियाशिल रहेको  छ  ।

ओली सरकार ढालेर देश र आम जनताले कही प्राप्त गर्न सक्दैन, मात्र देशमा अराजकता सिर्जना गर्ने देश भित्र र बाहिरको दलालीहरु सल्वलाइरहने, अस्थिरता निम्ताउने शिवाय केही हुन सक्दैन । महाधिवेशन पछि वा अर्को चुनावमा पहिलो पुस्ता अव स्वीकार्य हुन सक्दैन । किनकि पहिलो पुस्तामा नै रहने हो भने देश विकास कदापी सम्भव छैन । जुन आम जनताले वुझिसकेका छन्

जनताको आम चाहना विपरित पुन बहुमत दिएको नेकपाभित्र नै शक्ति र सत्ताका लागि पार्टी नेतृत्वको राजीनामा माग्ने भनेको घर जलाएर खरानीको चाहना गर्नु शिवाय अन्य केही हुँदैन । ओलीको विकल्प को त ? ओलीले के गरे जसले देशको हित विपरित हुन गयो ? त्यसको मुल्यांकन नगरी फगत स्वार्थका लागि ओलीको राजीनामा माग्ने भनेको दलाली नै हो । ओली सरकारको विकल्प अहिलेको सन्दर्भमा अन्य हुन सक्दैन । ओलीलाई हटाएर अन्य कोही प्रधानमन्त्री अथवा अध्यक्ष हुँदैमा एकैचोटी परिवर्तन हुनेवाला केही छैन । यो सबै जान्दा जान्दै पनि पार्टीका अर्का अध्यक्षलगायत स्वार्थी नेताहरुले ओलीको बर्हिगमन रोज्नु भनेको आफंै पतन हुनु हो । किनकी पार्टीका अर्का अध्यक्ष प्रचण्ड होस वा माधव नेपाल सबै जनताबाट जोखिईसकेका नेता हुन् । जसबाट आम जनताले कुनै पनि नयाँपनको आभास गर्न सक्दैनन । जुन कुरा उनीहरुको कार्यशैलीबाट पुष्टि भईसकेका छन् ।

नेकपा ठूलो पार्टी बन्नुमा सबै नेताको भूमिका भएता पनि मुख्य केपी ओलीको नै हो । यो एकमात्र सत्य हो । जुन लुकाउन र ढाक्न सकिँदैन । यो आम जनताले बनाएको सबैभन्दा ठूलो पार्टी ओलीको कार्यदिशा, योग्यता र क्षमता देखेर नै हो । जुन परिणाममा पनि देखियो । यति धेरै सफेद हुदाँ हुदै पनि सत्ता र शक्तिको लोभमा परेर देश र विश्व नै चकित पर्ने गरि ओलीको राजीनामा माग्नु भनेको वनिसकेको घरमा बस्न खोज्नु हो जुन आम जनताले मुल्यांकन गरिरहेका छन् । किनकी तत्कालिन नेकपा माओवादीको हैसियत पनि नेपाली जनताले देखिसके । सरकारमा हुदाँ विदेशी सामु लम्पसार पर्ने, केही गर्न नसक्ने, अनि ओलीको वैशाखी टेकेर हान्ने भनेको न्यायसंगत हुन सक्दैन । सरकारको काम कारबाही आम जनताले मुल्यांकन गरिरहेका छन् । सरकारले जनहितमा राम्रो काम गरेको आम जनताले आभास गरिरहँदा पार्टी भित्रबाट नै राजीनामा मागिनु भनेको दलाली र कमजोर मानसिकता भन्दा अन्य केही होईन ।

ओलीले नै नेकपालाई पहिलो पार्टी बनाएको हो । अर्काले ठूलो बनाएको पार्टीमा लोभ गरेर नेतृत्व गर्न खोज्नु भनेको भंयकर राजनैतिक बेईमानी शिवाय अन्य हुन सक्दैन ।

सरकारको बारेमा स्थायी समितिका निश्चित व्यक्ति के भन्छन् भन्ने भन्दा पनि आम जनता के चाहन्छन् भन्ने महत्वपूर्ण विषय हो । अहिलेको सन्र्दभमा नेपाली जनताले केपी ओलीको सरकार नै चाहन्छन् । सीमित नेताहरु दिग्भ्रमित हुन आवश्यक छैन । चाहना हुनु गलत हैन, तर अनावश्यक ढिपीले राम्रो गर्दैन । पार्टीबाट र सरकारबाट नै ओलीको राजीनामा माग्नु भनेको देशलाई अस्थिरता तर्फ धकेल्नु हो । जुन आम जनताले वुझेका छन् र यसका मतियारहरुलाई भोली जनताले अवश्य पनि दण्डित गर्ने छन् ।

नेकपाको नेतृत्वका लागि महाधिवेशनबाट चुनिनु पर्ने व्यवस्था विपरित कर्नरमा पारेर नेतृत्व हत्याउन खोज्दा भोली हुने दुर्घटनाको जिम्मा कसले लिन्छ ? हिजो १५ वर्षसम्म पार्टीको नेतृत्व गरेर तेश्रो पार्टी बनाएकोे माधव नेपाल पनि प्रचण्डको पछाडि लागेर ओलीको राजीनामा माग्नुले नेपाल आम जनता प्रति संवेदनशील छैन भन्ने प्रष्ट भएको  छ । रहरले हैन, आवश्यकताले नेतृत्वको उदय हुन्छ, अहिलेको आवश्यकता भनेको ओली नै हो । जुन आम जनताको भावना हो । यो भन्दा बाहिर गएर गरिने क्रियाकलापको नेपाली जनताले अवश्य पनि मुल्यांकन गर्ने नै छन् ।

हिजोको प्रचण्डको हैसियत र माधव नेपालको हैसियत आम नेपालीले नापिसकेका छन् । ओलीले बनाएको पार्टीमा ओलीलाई नै हटाएर आफूले राज गर्ने दुश्साहस कसैले नगरेको राम्रो । अबको पुस्ता कसैको दास मानसिकताको दलाल बन्न सक्दैनन ।

राम्रो र नराम्रो कार्यकर्ताले मात्र होईन, जनताले पनि गरिरहेका छन् । कामको आधारमा मुल्यांकन भन्दा पनि सत्ताका लागि गरिएको तिकडमले पार्टीलाई मात्र होईन, देश र आफैंलाई पनि प्रत्युपादक हुन जान्छ, त्यो कुरा ओलीको राजीनामा माग्नेहरुले बेलामा नै सोचेको राम्रो । नभए राम राम त भनिएला, काँध थाप्न सकिंदैन ।

पुस्तातन्तरण आवश्यक छ, तर त्यो पुस्तान्तरण माधव, प्रचण्ड र झलनाथ हैन, दोश्रो पुस्तामा आउनु पर्दछ किनकी सबै नेतृत्वलाई जनताले नजिकबाट नियालिसकेका छन् । नेकपामा एकसे एक दोश्रो पुस्ताका नेताहरु छन् जसले पार्टी र सरकारको नेतृत्व गर्ने हैसियत राख्दछन् । ओलीको सरकार ढालेर प्रचण्ड अथवा माधव नेपाल प्रधानमन्त्री अथवा अध्यक्ष बन्दा हुनेवाला केही छैन । अहिलेको आवश्यकता भनेको ओली नै हो । ओली सरकार ढालेर देश र आम जनताले कही प्राप्त गर्न सक्दैन, मात्र देशमा अराजकता सिर्जना गर्ने देश भित्र र बाहिरको दलालीहरु सल्वलाइरहने, अस्थिरता निम्ताउने शिवाय केही हुन सक्दैन । महाधिवेशन पछि वा अर्को चुनावमा पहिलो पुस्ता अव स्वीकार्य हुन सक्दैन । किनकि पहिलो पुस्तामा नै रहने हो भने देश विकास कदापी सम्भव छैन । जुन आम जनताले वुझिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित