शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

भुवन केसीमाथि अभिनेत्री साम्राज्ञीले दुर्व्यवहार गरेको आरोप लगाउनुको अन्तरकथा

दैनिक नेपाल २०७७ असार १६ गते १०:४२

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले डेब्यु गरेको फिल्म ‘ड्रिम्स’ निर्माता तथा अभिनेता भुवक केसीमाथि विविध प्रकारका दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।

यो आरोप प्रत्यारोप सामाजिक सञ्जाल हुँदै सतहमा आएको छ । अभिनेत्री शाहले भिडिओ पोष्ट गर्दै यस्तो आरोप लगाएकी हुन् ।

केसीले आफूलाई पटक–पटक ‘गलत नियत’ले छोएको बताउँदै साम्राज्ञीले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेकी थिइन् । सम्बोधनमा आफूलाई छोरी भने पनि भुवनले पटक पटक यौनजन्य दुर्व्यवहारर गरेको शाहको आरोपको संकेत छ ।

शुक्रवार साम्राज्ञीले इन्स्टाग्राममा पोष्ट गरेको भिडियोमा पाँच वर्षको अवधिमा आफूले ८ फिल्ममा काम गर्दा धेरै नराम्रो अनुभव भोगेको बताएकी थिइन् ।

फिल्म ‘ड्रिम्स’ को छायाकंनका बेला आफूले त्यस्तो भोगेको बताएकी शाहलाई केसीले जवाफमा भनेका छन्,‘खान नपाएको भन्दै सामाजिक सन्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने ।’

केसीले उक्त आरोपहरु निराधार रहेको बताउँदै आएका छन् । चर्चा कमाउन साम्राज्ञीले यस्तो आरोप लगाएको केसीको भनाई छ । केही समय अघि साम्राज्ञी र अनमोलबीच प्रेम सम्बन्ध रहेको पनि चर्चामा आएको थियो ।

जापानमा भएको एक अवार्डमा समेत केसीले दुर्व्यवहार गरेको आरोप शाहले लगाएकी छन् । ‘सुटिङ सेटमा खाना र पानी माग्दा कति निर्माता निर्देशकहरु आक्रमण शैलीमा आउँथे । उनीहरुको व्यवहारबाट धेरै बेर रुन्थेँ अनि केही नभए जस्तो गरेर फेरि सुटिङ गर्थेँ । किनकी, मलाई कामसँग प्रेम छ । कामको सम्मान गर्नुपर्छ भन्ने बुझेकी छु’, शाहको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित