शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

भक्तपुरमा आफ्नै साथीको ढुंगाले हानेर हत्या

दैनिक नेपाल २०७७ असार १६ गते ७:५४

काठमाडाैं, १६ असार । आपसमा सामान्य भनाभन हुँदा भक्तपुरमा एक व्यक्तिले आफ्नै साथीको ढुंगाले हानेर हत्या गरेका छन् ।

काभ्रे पनौतीका कृष्ण तामाङलाई सिन्धुलीका इन्द्रबहादुर तामाङले ढुंगाले हानेर हत्या गरेको हो ।

दिनभरि जडीबुटी बेच्ने र स्थानीय पाटीमा सुत्ने मृतक तामाङको शव सोमबार बिहान ९ बजे गःहिटी टोलमा रहेको पाटीमा छोपिराखेको अवस्थामा भेटिएको थियो ।

शव भेटिएपछि सोधपुछ गर्दा मृतक तामाङसँगै बस्ने सिन्धुलीको तीनपाटन गाउँपालिका–६ का तामाङले आपसमा विवाद हुँदा ढुंगाले हानेर मारेको स्वीकार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक गिरीले जानकारी दिए ।

इन्द्रबहादुर पनि दिनभरि गःहिटी टोलमा भारी बोक्ने र बेलुकी पाटीमै सुत्ने गर्दथे । मृतक तामाङको टाउको, निधार र चिउँडोमा चोट लागेको छ ।

मृतक तामाङको शव पोस्टमार्टमका लागि पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी गिरीले बताए ।

प्रतिक्रिया
सम्बन्धित