बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

नायिका कँगना रनाैतले चिनियाँ सामान बहिस्कार गर्न थालिन्

दैनिक नेपाल २०७७ असार १६ गते ६:५५

मुम्बई । बलिउड नायिका कँगना रनौतले चीनमा बनेका सामान बहिष्कार गर्न अपील गरेकी छिन् ।

उनले एउटा भिडियोमार्फत यस्तो अपील गरेकी हुन् । १५ र १६ जुनमा भारतको लद्दाखमा आफ्ना २० सैनिकको ज्यान चिनियाँले लिएका कारण सम्पूण चिनियाँ सामान पूर्ण बहिष्कार गरेर ती मृतक सैनिकको सम्मान गरौं भनेकी हुन् ।

अहिलेको अबस्थामा भारतीयहरूले चीनमा बनेका सामानहरु बहिष्कार गरेर स्वदेशी सामान प्रयोग गर्नु नै सही राष्ट्रवाद भएको उनले बताएकी छिन् ।

चिनियाँ सैनिकले भारतीय सैनिकको ज्यान दिएकोबारे बोल्दै यी अभिनेत्रीले कसैले आफूहरूको औला काट्ने प्रयास गर्छ भने त्यस्ताको हात काटिदिनुपर्छ भनेकी छिन् ।

भारतको लद्दाकप्रति गिद्धेनजर राख्ने चीनलाई भारतीय जनताले उसको सामान प्रयोग नगरेर कुटनीतिक रुपमा जवाफ दिनुपर्ने उनले बताएकी छिन् ।

नायिका रनाैतले आफूले चिनियाँ सामान प्रयोग गर्न छाडेको बताएकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित