बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

दुर्घटनामा बुटवलका पत्रकार पाण्डेको मृत्यु

दैनिक नेपाल २०७७ असार १४ गते ७:४७

बुटवल, १४ असार । गाडी दुर्घटनामा परी बुटवलका पत्रकार कृष्णबाबु पाण्डेको मृत्यु भएको छ।

बुटवल–भैरहवा सडकखण्डको तिलोत्तमा–१ ड्राइभरटोलमा शनिबार राति भएको दुर्घटनामा न्यूज २४ का बुटवल संवाददाता पाण्डेको मृत्यु भएको हो ।

राति बुटवलबाट आफ्नो निवास नयाँमिलतर्फ जाँदैगर्दा बा ७ च ६९५९ नम्बरको आफैले चलाएको कार दुर्घटनामा परी घाइते भएका पाण्डेलाई बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिएको थियो । ३० वर्षका पाण्डेको उपचारकै क्रममा शनिबार राति १ बजे तिर मृत्यु भएको हो ।

पोष्टमार्टमका लागि पाण्डेको शव अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित