बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

मधेस केन्द्रित दलका नेताहरू र मुख्यमन्त्रीलाई भारतीय राजदूतावासको ‘मासु–भात’

दैनिक नेपाल २०७७ असार १३ गते ११:२५

काठमाडौं, १३ असार । नेपालस्थित भारतीय राजदूतावासले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहित मधेस केन्द्रित दलका नेताहरूलाई रात्रिभोज खुवाएको छ ।

बिहीबार राति काठमाडौंको होटल भिभान्तमा भारतीय राजदूतावासले रात्रिभोज खुवाएको हो । रात्रिभोजमा पूर्वराजपरिवारका सदस्यहरूको पनि सहभागिता रहेको थियो ।

कार्यक्रमको आयोजना भारतीय राजदूतावासका डीसीएम अजय कुमारले गरेको स्रोतले जनाएको छ ।

भारतीय राजदूतावासको रात्रिभोजमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, पूर्वमन्त्री मोहम्मद ईस्तियाक राई, लक्ष्मणलाल कर्ण, प्रदीप यादव, प्रदेश २ का मुख्यन्याधीवक्ता दीपेन्द्र झा, पूर्व राजपरिवारका नातेदार राजबहादुर सिंह, कपिल राणा, राहुल चौधरी लगायत सहभागिता रहेको स्रोतले जनाएको छ ।

विवाह गरेर आउने विदेशी नागरिकहरूको अंगीकृत नागरिकताका विषयमा विवाद भइरहेका बेला भारतीय राजदूतावासले मधेस केन्द्रित दलका नेताहरूलाई रक्सी, मासु, भातसहितका मिष्ठान्न खुवाएको छ ।

प्रतिक्रिया
सम्बन्धित