काठमाडौं, १३ असार । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्यहरूलाई परिचयपत्र जसरी बाँडिएको कार्ड कोरोना प्रतिरोधी रहेको भन्नेबारे विवादास्पद तर्क सतहमा आउन थालेका छन् ।
बरिष्ठ नेता माधवकुमार नेपालले स्थायी समितिको बैठकमा नेताहरूलाई बाँडेको उक्त कार्डको प्रयोग जापानमा हुने गरेको र त्यसलाई घाममा देखाउन नहुने भन्ने तर्क अगाडि आएको छ ।
तर यस विषयमा विश्वव्यापी रुपमा कुनै तर्क र तथ्यबारेका वैज्ञानिक जवाफ देखिएको छैन । यो कार्डलाई भाइरस ब्लकर समेत भन्ने गरिएको नेताहरूले बताएका छन् ।
भाइरस ब्लकर कार्ड खासमा कोरोना प्रतिरोधी भनेर पुष्टि नभएको तर अन्य विविध भाइरसका सन्दर्भमा उपयोगमा आउने गरेको थियो ।
कार्डबाट निस्किने क्लोरिन अक्साइड नामक ग्यासले वरपरका भाइरस नियन्त्रण गर्ने बताइन्छ । तर यसले कोरोना भाइरसकै प्रतिरोध गर्छ भन्ने उल्लेख छैन । यो कार्ड कार्ड छालामा छुवाउन, पानीमा भिजाउन हुँदैन । यस्तै, राती सुत्दा लगाउन हुँदैन ।











प्रतिक्रिया