१२ कार्तिक २०८३, बिहिबार

बुटवलमा भएको गाडी दुर्घटनामा दुईको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १३ असार । रुपन्देहीको बुटवलमा शुक्रबार राति भएको गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–१० रामनगरमा भएको दुर्घटनामा बुटवल–११ कालिकानगरका २१ वर्षीय सुशील कुवँर र सियारी गाउँपालिका–६ अमुवाका २२ वर्षीय रोशन गुरुङको मृत्यु भएको हो ।

रामनगरमा रोकीराखेको ना ६ ख ६२४ नम्बरको ट्रकमा बा १४ च ६८७९ नम्बरको मिनि ट्रक ठोक्किँदा २ जनाको मृत्यु भएको थियाे ।