बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

यौन दुर्व्यवहारको आरोप लगाउने महिलाविरुद्ध गायक बिबरद्वारा मुद्दा दर्ता

दैनिक नेपाल २०७७ असार १३ गते १०:०७

न्युयाेर्क । गायक जस्टिन बिबरले आफूमाथि यौन दुर्व्यवहारको आरोप लगाउने दुई महिलाविरुद्ध मानहानीको आरोपमा मुद्दा दायर गरेका छन् ।

गएको हप्ता दुई महिलाले आफूमाथि सन् २०१४ र २०१५ मा बिबरले यौन दुर्व्यवहार गरेको भन्दै ट्वीट गरेका थिए ।

बिबरले आरोप अस्वीकार गर्दै सामाजिक सञ्जाल ट्वीटरसँग कानूनी प्रक्रियाका लागि आग्रह गर्ने बताएका थिए ।

२६ वर्षका गायक बिबरले बिहीबार लस एन्जलसमा दुई करोड अमेरिकी डलरको क्षतिपूर्ति मागसहितको मानहानी मुद्दा दायर गरेका हुन् । उनले आरोप ‘कपोलकल्पित’ रहेको बताएका छन् ।

सन् २०१४ को मार्च ९ मा टेक्सासको अस्टिनमा रहेको होटलमा आफूमाथि बिबरले दुर्व्यवहार गरेको आरोप लगाउँदै डानिएल नाम गरेकी महिलाले ट्वीट गरेकी थिइन् ।

त्यसको जवाफमा बिबरले त्यस बेलाकी आफ्नी प्रेमिका सेलेना गोमेजसँग आफू रहेको जानकारीसहितको आर्टिकलको स्क्रीनसट सेयर गरेका थिए ।

डानिएलले सो ट्वीट डिलिट गरेकी छन्, तर त्यसको स्क्रीनसट भने अझै सामाजिक सञ्जालमा पाइन्छ।

काडी नाम गरेकी अर्की महिलाले सन् २०१५ को मेमा बिबरले न्यूयोर्कको होटलमा आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै ट्वीट गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित