शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

बहुविवाहमा सजाय पाएपछि फरार रहेका धामी पक्राउ

दैनिक नेपाल २०७७ असार १३ गते १०:०१

मालिकार्जुन, १३ असार । दार्चुला जिल्लाकाे मालिकार्जुन गाउँपालिकामा घरमा श्रीमती हुँदाहुँदै अर्की युवती विवाह गर्ने एक जना पक्राउ परेका छन् ।

गाउँपालिका वडा नम्बर ४ टाँटिकका पुष्करसिंह धामी बहुविवाह गर्दा पक्राउ परेका हुन् ।

धामीले श्रीमती हुँदाहुँदै २०७५ सालमा अर्की युवतीसँग विवाह गरेका थिए । अर्की युवतीसँग विवा गरेपछि जेठी पत्नीले त्यसविरुद्ध जिल्ला अदालतमा मुद्दा हालेकी थिइन् ।

बहुविवाह गरेका धामीलाई अदालत २०७५ साल माघ २८ गतेको १ वर्ष कैद र ५ हजार जरिवाना तोकेको थियो ।

धामी अदालतका् फैसलादेखि नै फरार थिए । उनलाई प्रहरीले शुक्रबार गरेको हो । पक्राउ गरे लगत्तै धामीलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ ।

प्रतिक्रिया
सम्बन्धित