शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

साउदीबाट शनिबार १६ वटा शव आउँदै, अरू नेपालीहरू पनि आउने

दैनिक नेपाल २०७७ असार १३ गते ९:४७

काठमाडाैं, १३ असार ।  बिभिन्न देशहरूबाट शनिबार ४ सय ६८ जना नेपाली काठमाडाैं आइपुगेका छन् ।

कतारको दोहाबाट २४१ जना, हङ्कङबाट १ बच्चासहित ८१ जना र यूएई १४६ जना विभिन्न चार्टर्ड उडानमार्फत शनिबार बिहान काठमाडाैं आइपुगेका हुन् ।

साउदीको दमामबाट शनिबार १५४ जना नेपाली फर्कंदै छन् । साउदीको रियादबाट पनि नेपालीहरू फर्कने तालिका रहेको जनाइएको छ ।

कुवेतबाट पनि त्यहाँ आममाफीमा सहभागी नेपालीहरू स्वदेश फर्कंदै छन् । कुवेत सरकार आफैंले त्यहाँ समस्यामा रहेका नेपालीलाई स्वदेश ल्याइदिइरहेको छ ।

साउदीबाट आउने जहाजले १६ जना नेपालीको शव ल्याउने वैदेशिक रोजगार बोर्डले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार बोर्ड र दूतावासको समन्वयमा शव ल्याउने काम भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित