
काठमाडौं, १२ असार । पूर्व पश्चिम राजमार्ग अन्तर्गतको मोरङको कानेपोखरी–७ मा एउटा स्कारपियोले पैदलयात्री महिला र मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।
बिहीबार राति करिब साढे ८ बजे झापाको दमकबाट इटहरीतर्फ आउँदै गरेको बा१४च ९६४३ नम्बरको स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको मे१०प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मृतक महिलाको पहिचान खुलेको छैन भने मोटरसाइकलमा सवार पाँचथरको फिदिम नगरपालिका–२ का ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र झापा बाह्रदशी गाउँपालिका–४ का ३१ वर्षीय लोकेन्द्रबहादुर लिम्बुको मृत्यु भएको प्रहरीले जानकारी दियो ।
गुरुङको नोबेल मेडिकल कलेज र लिम्बुको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । इटहरी–४ का महेन्द्रबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ ।











प्रतिक्रिया