बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

भुपु–प्रवीषाको ‘मायालु’मा फरक शैली, सुनिल-वीनाको रोमान्स

दैनिक नेपाल २०७७ असार १२ गते ११:५०

काठमाडौं । गायक भुपु पाण्डे र गायिका प्रवीषा अधिकारीको स्वरमा ‘मायालु’ बोलको गीत रिलिज भएको छ ।

बिहीबार राजेश अर्यालको अफिसियल युट्युबटबाट गीतको म्युजिक भिडियो रिलिज गरिएको हो । ‘मायालु’का संगीतकार गायक पाण्डेनै हुन् ।

आफ्ना हरेक गीतहरूमा नयाँ प्रयोग गर्दै आएका गायक पाण्डेले निकै फरक शैलीको गीत बनाएको बताएका छन् ।

आधुनिक, सास्त्रीय संगीत र लोक फलेभर मिसिएको गीतका शब्द पनि निकै राम्रो रहेको पाण्डेले बताए । उनले भने, ‘राजेश अर्यालले लेख्नुभएको शब्द राम्रा छन् । संगीत, स्वर र म्युजिक भिडियो सबै कुरालाई हाम्रो टिमले न्याय गरेका छौँ जस्तो लागेको छ ।’

गीतका शब्द राजेश अर्यालले लेखेका हुन् । रचनाकार अमेरिकामा बस्दै आएका छन् ।

म्युजिक भिडियोको निर्देशन मोडल समेत रहेका सुनिल क्षेत्रीले गरेका छन् । क्षेत्रीले गीतका भावअनुसार आफूले निर्देशन गरेको बताए । ‘गीतको शब्द, संगीतलाई सकेसम्म म्युजिक भिडियोमा जस्ताको त्यस्तै उतार्ने प्रयास गरेको छु’, उनले भने, ‘यो गीत दीर्घकालसम्म सुन्न र हेर्नका लागि मैले उत्तम ठानेको छ ।’

क्षेत्री र वीना राउतको जोडीलाई म्युजिक भिडियोमा रोमान्स गरेको देख्न पाइन्छ ।

मोडल क्षेत्री युवापुस्तामा पछिल्लो समय लोकप्रिय छन् । उनले निर्देशन गरेका र अभिनय रहेका म्युजिक भिडियोहरू युट्युबमा निकै रुचाइएकामा पर्छन् ।

अमृत चापागाइँको सम्पादन, नवराज उप्रेतीको छायाँकनमा निर्माण भएको ‘मायालु’लाई ‘द पीक’मा रेकर्ड गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित