काठमाडौं, १२ असार । बुधबार सुरु भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक आज पनि बस्दै छ ।
बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सुरु हुनेछ ।
बुधबार पार्टी अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले धारणा राखेपछि शुक्रबारसम्मका लागि बैठक स्थगित भएको थियो ।
बुधबार दुई अध्यक्षले मात्र सम्बोधन गरेको बैठकमा आजदेखि सदस्यहरुले पेश गरिएको एजेण्डामाथि धारणा राख्नेछन् ।











प्रतिक्रिया