७ मंसिर २०८३, सोमबार

एकै दिन पाल्पामा ९३ जनामा कोरोना पुष्टि

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असार । एकै दिन पाल्पा जिल्लामा ९३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुष्टि भएका छन् ।

चितवनस्थित भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा यस्तो पुष्टि भएको हो । पाल्पामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ३९ पुगेको छ ।

अस्पतालका अनुसार पिसीआर परीक्षणमा पाल्पाका विभिन्न ठाउँबाट २३४ वटा नमुना परिक्षण गर्दा ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।