७ मंसिर २०८३, सोमबार

चट्याङ लागेर सप्तरीका भिन्न स्थानमा चार जनाको मृत्यु

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असार । सप्तरीका विभिन्न ठाउँमा चट्याङ लागेर विहीबार चार जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार  महदेवा गाउँपालिकामा २, राजगढ गाउँपालिकामा १ ज र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ् लागेर मृत्यु भएको हो ।

सप्तकोशी नदीमा नुहाउन गएका महदेवा गाउँपालिका–२ का २७ वर्षीय बेचन यादव र ६० वर्षीय छेदी ठाकुरको मृत्यु भएको हो । यस्तै, बिहानै खेतमा धान रोप्न जाँदा डाक्नेश्वरी नगरपालिका–९ लक्षनपट्टीकी ३० वर्षीया ललितादेबी यादव र राजगढ गाउँपालिका–२ बेल्ही चपेनामा खेतमा काम गर्न गएका ४६ वर्षीय केसी साहको पनि मृत्यु भएको प्रहरीले जनायो ।

बेल्ही चपेनाकै १८ वर्षीया आशा मण्डल चट्याङ लागेर घाइते छन् ।