शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

नातावादमा विश्वास छैन्ः ज्याकलिन फर्नाण्डिज

दैनिक नेपाल २०७७ असार ११ गते ७:२६

मुम्बइ । बलिउड नायिका ज्याकलिन फर्नान्डिजले आफू नातवाद र ग्रुपिज्ममा विश्वास नगर्ने बताएकी छिन् ।

श्रीलंकाबाट आएर भारतीय फिल्ममा स्थापित भएकी ज्याकलिनले बलिउडमा आफ्नो नातेदार नभएको बताइन् ।

बलिउडमा नातावाद फस्टाएको भए पनि आफूलाई त्यसले ठूलो असर नपारेको  ज्याकलिनले बताएकी छिन् ।

उनको भनाइमा ज्याकलिन हरेक कुरामा सकरात्मक छिन् । उनको सकरात्मक कुराले नै सिनेकर्मीहरूले ज्याकलिनलाई सकारात्मक रूपमा लिने गरेका छन् ।

बलिउडमा पछिल्लो समय एकपछि अर्को हिट फिल्म दिएकी ज्याकलिनले त्यति धेरै नातावादको सिकार हुनुनपरेको खुलाएकी छिन् ।

लकडाउनको प्रभाव कम भएको बेला आफ्नो नयाँ फिल्मको काममा फर्कने तयारी गरेकी ज्याकलिनले बलिउडकर्मीहरू अब मिलेर अघि बढ्नुपर्छ भनेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित