७ मंसिर २०८३, सोमबार

गण्डकी प्रदेशमा बिहीबार बिहान थपिए ११ नयाँ कोरोना संक्रमित

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाेखरा, ११ असार । गण्डकी प्रदेशमा बिहीबार बिहान ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला, हेटौडामा गरिएको परीक्षणमा ११ जनालाई कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिए ।

उनकाअनुसार म्याग्दीमा ६ जना, स्याङ्जामा १ जना, बाग्लुङमा २ जना, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५३ पुगेको छ ।