
काठमाडौं, १० असार । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
प्रतिष्ठानमा मंगलबार राति गरिएको पीसीआर परीक्षणमा चार जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको हो ।
क्वारेन्टाइन र आइसोलेसनमा बसेका नागरिकको रेखदेखमा खटिएका स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि बुधबार प्रतिष्ठानमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी र अन्य कर्मचारीको पीसीआर परीक्षण थालिएको छ ।
प्रतिष्ठानमा आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको छ ।











प्रतिक्रिया