
काठमाडौं, १० असार । वीरगञ्ज महानगरपालिका–२६, सुगौली विर्तामा घाँटी रेटिएको अवस्थामा ४५ वर्षीय सरफुद्दिन मियाँ भेटिएका छन् । घाइते उनलाई नेशनल मेडिकल कलेजमा लगिएको छ ।
अहिले अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।
गाउँको दक्षिणतर्फ रहेको सातो माई मन्दिर नजिकै स्थानीय वीरबहादुर राउतको पोखरी छेउको खेतमा छटपटाइरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
ज्यान मार्ने उद्योगले उनको घाँटीमा धारिलो हतियारले काटेको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा दुईजनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।
घटनास्थलमा एउटा मोबाइल पनि फेला परेको थियो ।











प्रतिक्रिया