शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सोनम कपुर ट्विटका कारण ट्रोलको सिकार

दैनिक नेपाल २०७७ असार १० गते ५:४५

मुम्बई । बलिउड नायिका सोनम कपुर ट्विटका कारण ट्रोलको सिकार भएकी छन् ।

उनले पिता अनिल कपुरलाई समर्पित गर्दै ट्विट गरेकी थिइन्, ‘आज फादर्स डेको अवसरमा म तपाईंहरूलाई भन्न चाहन्छु कि म मेरो पिताकी छोरी हुँ र आज उहाँकै कारण यो स्थानमा छु । मलाई प्रिभिलेज मिल्यो । यो कुनै अपमानको कुरा होइन । मलाई यो सबै दिनका लागि मेरा पिताले कडा मेहनत गर्नुभएको छ । यो मेरो कर्म हो कि कहाँ जन्मिएँ र कुन परिवारमा जन्मिएँ। मेरो पिताकी छोरी हुनुमा मलाई गर्व छ ।’

सुशान्तको समर्थनमा रहेकाहरूले निर्माताले स्थापित कलाकारका छोराछोरीलाई काम दिने गरेकाले क्षमतावान् कलाकार छायाँमा परेको बताएका छन् । यस्तोमा सोनमको अभिव्यक्ति आएपछि ट्रोल भएकी हुन् । उनी आफूले पाएको विशेषाधिकारलाई कर्मसँग जोडेर ट्विट गरेका कारण आलोचित भएकी हुन् ।

प्रतिक्रिया
सम्बन्धित