मुम्बई । भारतमा महाराष्ट्र सरकारद्वारा लकडाउनमा हरियो झन्डा देखाएपछि फिल्म निर्माताले सुटिङ सुरु गर्ने निर्णय गरेका छन् ।
केही सेलिब्रिटी भने अझै बाहिर निस्केर सेटमा काम सुरु गर्न डराइरहेका छन् । सुपर–३० की अभिनेत्री मृणाल ठाकुर पनि तिनै कलाकार मध्येकी एक हुन् । जो तत्काल सेटमा जान तयार छैनन् । उनका लागि स्वास्थ्य पहिलो प्राथमिकता हो ।
मृणालले आईएएनएससँग भनिन्, ‘म अहिलेसम्म सुटिङका लागि तयार भएकी छैन । म एउटा सुटका लागि तयार हुनु भनेको धेरैको स्वास्थ्य खतरामा पार्नु हो ।’
‘वास्तवमा म अहिले निर्णय लिन असमर्थ छु । मुम्बईमा मनसुन सुरु भएको छ’, उनले भनेकी छिन्, ‘विशेष रूपमा अहिले फ्लु जस्ता रोग फैलिने सम्भावना धेरै हुन्छ।’
मृणालले सुटिङ सुरु गर्नुभन्दा पहिले जिम्मेवार हुन आग्रह गरेकी छन् ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस