शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

भारत-चीन युद्ध : स्वार्थ भूगोल कि व्यापारको ?

प्रदिप आचार्य २०७७ असार ७ गते ९:५५

-प्रदिप आचार्य

नरेन्द्र मोदीले आफूले सत्ता सम्हालिसके पछिको सबैभन्दा धेरै दबाब महसुस गरेको समय यात २०१९ को निर्वाचन परिणाम थियो यात अहिलेको महामारीको बीचमानै भएको भारत–चीन युद्ध ।

धेरै पोलहरूले नरेन्द्र मोदीको बहुमत आउने प्रक्षेपण गरेका थिए तर पनि जनताको अभिमत सञ्चार माध्यमले बोले र जनमत जाँचेको जस्तो भने हुँदैनथ्यो, त्यसै भएर पनि यो प्रसङ्ग यहाँ उल्लेख गरिएको हो । मोदी अत्यधिक बहुमतसाथ दोस्रो कार्यकालको सत्तारोहणमा पुग्न सफल भए ।

चीनको उहान शहरबाट शुरु भएको महामारीले आज विश्वको चौथो धेरै संक्रमित हुने देश बनेको छ भारत । दिनदिनै रेकर्ड नम्बरमा कोभिड–१९ का संक्रमित बढेका छन् भने झन्डै १३ हजार संख्यामा मृत्यु भई सकेको छ । यहि बीचमा भारत–चीन सीमा विवाद चर्किएर गएको छ । आँकडामा भन्दा १९६२ मा चीनसँग पराजय हुँदाको हताहतिपछिको सबैभन्दा ठूलो संख्यामा भारतीय सेनाको हताहति भएको छ । एक जना सिनियर अफिसरसहित २० जनाको मृत्यु भएको छ । काश्मिर समस्यापछि केन्द्रको नियन्त्रणमा आएको लद्दाखको गल्यान उपत्यकामा भएको युद्धमा यस किसिमको हताहति भएको हो ।

आज हाम्रो एक छिमेकी भारत निशव्द छ, आतंकित छ, त्रसित छ एक किसिमले भन्दा तरगिंत छ । आम सर्वसाधारणमा अनेक किसिमका उत्तेजनाहरू आईरहेका छन् भने सञ्चारमाध्यमहरू पनि यहि उत्तेजनालाई प्रश्रय दिईराखेका छन् । यो एक किसिमको उत्तेजना स्वभाविक पनि छ किनभने निशस्त्र सीमा रक्षामा खटिएको सेनाहरूबीच झडप हुन्छ, २० जनाको हताहति अनि कयांै चिनियाँ सेनाको कब्जामा ।

चिनियाँ विदेश मन्त्रालयका अनुसार सहमति कार्यन्वयन नभएर यस किसिमको कदम चालिएको हो तर पनि सीमामा दुवै देशले आफ्नो शक्तिलाई अहिले पनि बढाइरहेका छन् ।

यसकै उत्तेजनामा अहिले बाइकट मेडइन चाइना र इन्डिया वल्क चाइना क्याम्पेनको रुपमा भारतीय मिडियाहरू अगाडि बढाईरहेका छन् । जनता स्वस्फूर्त चिनियाँ सामानहरू प्रयोगमा निरुत्साहित गरि राखेका छन् भने राजनितिक दलहरू पनि यसैमा रमाईरहेका छन् ।

भारतमा काम गरि राखेको चिनियाँ सरकारी रेल्वे निर्माण कम्पनीको ठेक्का तोडिएको छ भने टेलिकम मिनिस्टरले त टेलिकम सेवा प्रदायकलाई बैठक बोलाएर चिनियाँ प्रविधि, उपकरणमा निरुत्साहित गर्न आग्रह गरीएको छ ।

चीनको भनाईलाई मान्ने हो भने, दुबै देशको सीमा सम्बन्धी गरीएको सहमति भारतले पालना नगरेको र भारतीय पक्षको त्यत्रो हताहति हुँदा पनि सेनालाई नै कारबाही गर्न आग्रह गरिएको देख्दा एन्टि चाइना भावना अरु बढाउने र विश्वको प्रमुख लगानी गन्तव्य भारत हो भन्न यसो गरिएको हैन भन्न नसकिने अवस्था छ

यसमा आवेश र आक्रोश देखिन्छ तर यो महामारीले ल्याईदिएको एउटा अवसर भनेको आत्मनिर्भर अर्थतन्त्र बन्न पे्ररीत पनि हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपले अमेरिका फस्ट भनेर तिव्र अन्तरनिर्भरता कम गर्न अनेक नीतिहरू ल्याए, जसले उनलाई रोजगारी सृजना गर्न र जनताको सेन्टिमेन्ट जित्न सघाउ मिल्यो, विश्वका बहुराष्ट्रिय कम्पनीको आँखा भारतमा परिरहँदा भारत निर्माण उत्पादनलाई प्रश्रय दिनु, विश्वव्यापी रुपमा एन्टिचाइना सेन्टिमेन्ट बढेर जाँदा विश्वका ठूलठूला लगानी भित्राउने रणनीतिको रुपमा नै यो आएको हो भन्न नसकिने अवस्था भने छैन ।

नरेन्द्र मोदी राजनितिक फाईदा हुने अवस्था देखिए, केही कडा कदम चाल्न माहिर पनि छन् । यदि चीनको भनाईलाई मान्ने हो भने, दुबै देशको सीमा सम्बन्धी गरीएको सहमति भारतले पालना नगरेको र भारतीय पक्षको त्यत्रो हताहति हुँदा पनि सेनालाई नै कारबाही गर्न आग्रह गरिएको देख्दा एन्टि चाइना भावना अरु बढाउने र विश्वको प्रमुख लगानी गन्तव्य भारत हो भन्न यसो गरिएको हैन भन्न नसकिने अवस्था छ ।

तर व्यापार सेन्टिमेन्ट सँगै व्यवसायको लगानी क्षमताले, उत्पादनको प्रकृति र आवश्यकता, नयाँ–नयाँ आविस्कार र नव प्रर्वतन, लगानी क्षमता र अन्य प्रतिस्र्धी गुणले मात्रै व्यवसाय गरिन्छ, अमेरीकाले भिषा नदिएर चीनसँग हात अगाडि बढाएका र राजनीति भन्दा बढि व्यक्तिगत सम्वन्धमा रहेका दुई नेता सी जिन फिन र नरेन्द्र मोदीको बीचमा देखिएको टकराव कता–कता भारतले कोभिड–१९ ले दिएको अवसरलाई समात्न त हैन ? निश्चय नै भविष्यको गर्भमा रहेको छ ।

तर यो कुरा सत्य हो की धेरै विज्ञहरूले अमेरिका, चीनको टकरावले भारतमा अवसर बढ्ने आकलन गरेका र त्यसको सही हतियारको रुपमा यो युद्ध नभएको होला भन्न सकिँदैन । भारत र चीनको युद्धको मध्यस्तता गर्ने अमेरिकी प्रस्ताव दुवै देशले लत्याउनु, भारत–चीन युद्ध भईसकेपछि चिनियाँ उच्च अधिकारी र अमेरिकी उच्च अधिकारीबीच सात घन्टा लामो वार्ता हुनु भनेको राज्य प्रायोजित सञ्चार माध्यमबाट एन्टी चाइना नारा लगाइनु संयोग हैन, रणनीतिक अर्थ राख्दछ ।

युद्धका बीचनै चीन, रसिया र भारतको त्रिदेशिय छलफल हुनु, पनि गज्जब छ । अवस्था जे भए पनि अबको युद्ध व्यापारिक र आर्थिक स्वार्थका कारणले नै हुने हुन त्यो वाहेक भुगोलका आधारमा कमै मात्र युद्ध हुने प्रष्ट छ ।

प्रतिक्रिया
सम्बन्धित