शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

पोर्चुगलमा ८ हजारलाई निशुल्क पिज्जा वितरण अभियान सुरु

दैनिक नेपाल २०७७ असार ५ गते १८:०४

भगवान गिरी

लिस्बन, ५ असार । विश्वमा इटालियन खानाका लागि बिसौं नम्बर भित्र पर्ने पोर्चुगलका चर्चित नेपाली सेफ टंक सापकोटाले एकमहिना भित्र ८ हजार जनालाई ८ हजार पिज्जा निशुल्क खुवाउने आँट गरी अभियान सुरु गर्नु भएको छ ।

“एक्लैले संसार बदल्न सक्दैनौं, तर संसार बदल्न सहयोग गर्न सक्छौं ।“ भन्ने नाराका साथ कोरोना कहरबाट प्रभावितहरुका लागि टीम नै लिएर सापकोटा पिज्जा खुवाउन मैदानमा उत्रनु भएको हो ।

एकमहिना लामो यो अभियान असार २ गते मंगलवारबाट सुरु भएको छ । इटालियन पिज्जाका लागि पोर्चुगलमा उत्कृष्ट सेफको रूपमा उहाँ धेरै पटक सम्मानित भइसक्नु भएको छ ।

बाग्लुङको दमकेमा जन्मिएर युरोपका विभिन्न देश हुँदै २४ बर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउनु भएका ४५ बर्षिय सापकोटा पोर्चुगलमा विभिन्न सेवामूलक काम र सहयोग पुर्याएकोले पनि सुपरिचित हुनुहुन्छ ।

कोरोनाको महामारीबाट समस्या परेका मानिसहरुलाइ आफ्नो नीजि खर्चमा सेवाभावले पिज्जा खुवाउने अभियान चलाएको रासससंगको कुराकानीमा सापकोटाले बताउनु भयो ।

पोर्चुगलको राजधानी लिस्बन भित्रका २४ वटा वडाका समस्याग्रस्त मानिसहरुलाइ पिज्जा खुवाउने लक्ष्य राखिएको छ ।

“लिस्बन महानगरका काउन्सिलर कार्लोस कास्तुको समन्वयमा सम्बन्धित स्थानमा नै पिज्जा बनाएर खुवाउन हाम्रो टीम जुटेको छ“ सापकोटाले भन्नु भयो ।

घुम्ती शिविरहरु हरेक वडामा संचालन हुने घरघरमा पिज्जा पुर्याइने, स्थलगत पिज्जा तयार पार्न ब्यबस्थापनमा नेपाली व्यबसायी लक्ष्मीप्रसाद सापकोटा पनि लागी पर्नुभएको छ ।

मुलतः एसियन र अफ्रिकन, पोर्चुगिस नागरिकहरुलाइ पिज्जा वितरण गर्ने लक्ष्य रहेको छ । सामान्यतयस् एउटा पिज्जा तयार गर्न ९ युरो अर्थात झण्डै रु ११०० नेपाली लाग्ने अनुमान छ ।

यस अभियानलाइनै आवश्यक पर्ने भएको पिज्जा बनाउनका लागि ३० हजार युरो, नेपाली झण्डै ४० लाख पर्ने चुल्हो (फोर्नो) किन्नु भएको छ । उहाँको जुन अभियानमा जम्माजम्मी ७० हजार युरो, नेपाली रुपैया ८५ देखि ९० लाख खर्च हुने बताउनु भएको छ ।

यस अभियानमा लिज्बन नगरपालिका मियरले महत्त्वकाक्षी योजना भन्दै उहाँको अभियान सफल नहुने बताउनु भएको थियो निरन्तर प्रयास पछि नगरपालिकाले समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।

काउन्सिलर कार्लोस कास्तु आफै पिज्जा बनाउने स्थलमा उपस्थिति उहाँको कामको हौसला प्रदान गर्दै । उहाँहरुको काम निकै सर्हानिय भएको बताउदै एक नेपाली यति ठुलो पुन्य काम गरेकोमा लिस्बन नगरपालिका सधै साथमा रहेको बताउनु भएको थियो ।

जुन अभियान लिज्बन मात्रै नभएर पोर्चुगल भरिनै संचालन गर्ने उहाँको अठोट छ । समाज सेवा भनेको मन देखिनै आउनु पर्छ । आफू स्वार्थ रहित समाज सेवामा लागेको बताउनु भएको थियो ।

उक्त अभियान प्रति वडा २०, २५ जना सबै वडा गरि जम्मा ५०० स्वयंसेवक परिचालन गरिएको छ । ११ जना कर्मचारी प्रारिश्रमिक लिएर उक्त अभियानमा खटिरहेका छन ।

यस् अघि बिश्वको सबैभन्दा महँगो, दुर्लभ च्याउ ( हाइट् ट्राफल) पोर्चगलमा भित्र्याउने पहिलो नेपालीको पहिचान बनाउन सफल हुनुभएको छ ।

हाल पोर्चुगलमा तीन वटा इटालीयन र एक नेपाली रेस्टुरेन्ट संचालनमा छन । एक इटालीयन रेस्टुरेन्टमा पिज्जा तयार पार्नकोलाई सुनको चुल्हो ( फोर्नो) रहेको छ ।

उहाँको रेस्टुरेन्टमा पोर्चुगलका विभिन्न क्षेत्रका चर्चित सेलिब्रेटी, कलाकार, फुटबलर र राजनीतिज्ञहरुको जमघट हुने गरेको छ । पोर्चुगलका वर्तमान राष्ट्रपति मार्सेलो रेवेलो दे सौसा, प्रधानमन्त्री एन्तानियो कोस्टा पनि धेरै पटक आफुले बनाएको पिज्जा खान रेस्टुरेन्ट आउने गरेको सापकोटाले आफ्नो अनुभव बताउनु भएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित