२९ आश्विन २०८३, बिहिबार

कोभिड-१९ र सरकारलाई ‘प्रेमी भेट्न हिँडेकी केटीको प्रश्न’

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-होमराज श्रेष्ठ

एक प्रेमिका आफ्नो प्रेमी भेट्नका लागि बेसुरमा दौडिदै गइरहेकी थिइन् । होस थिएन, सिर्फ प्रेमी भेट्नु थियो । दिमागमा प्रेमी बाहेक वरिपरिका कुनै कुरा याद थिएन । दौडदै जाँदा बाटोमा एउटा मुसलमान भाई आफ्नो पवित्र बस्त्र मुसल्लाह बिछ्याएर नमाज पढीरहेका थिए । उनलाई होस नै भएन उक्त बस्त्रमा पाउले टेकेर अगाडि बढिन् ।

मुसलमान भाईले भने– को बेवकुफ केटी हो जसलाई यो थाहा नै छैन म खुदाको तपस्यामा लीन छु भन्ने । उसले मेरो मुसल्लाहमाथि पाउले टेकेर हिँडी । अब फर्किन त देउ यस केटीलाई काहाँ छाड्छु र ? उ त्यहि बाटोमा कुरेर बस्यो ।

जब केटी फर्किदै थिई त्यसबेला उक्त मुसलमान भाईले भन्यो– मूर्ख केटी यता आऊ । तिमीलाई होस थिएन म खुदाको फिद्रतमा लीन थिएँ । तिमीले मेरो तपस्यालाई भगं गरीदियौ । यो पवित्र बस्त्रलाई तिमीले अपवित्र बनाइदियौ ।

उक्त केटीको आँखाबाट आँसु आयो । उ डराई अनि ओठ कपाउँदै भनी– मलाई माफ गरिदिनु दाई । मबाट महान् पाप भयो । मबाट धेरै ठूलो भूल भयो । म जीन्दगीमा तपाईसँग क्षमा माग्दछु । मेरो पापको प्रायश्चित गर्दछु ।

तर मेरो मनमा एउटा प्रश्न आइरहेको छ । म सांसारिक प्रेमको बन्धनमा बन्धित थिएँ, मलाई थाहा नै भएन मैले तपाइको पवित्र बस्त्रमा टेक्न पुगेछु । तपाई अल्लाहको ध्यानमा मस्त हुनुहुन्थ्यो, तपाइलाई कसरी थाहा भयो मैले तपाइको पवित्र बस्त्रमा टेकें भन्ने ? कसरी थाहा भयो ?

यो प्रसङ्ग जोडिनेछ ।

बालकको लामो भविष्य वृद्धको लामो इतिहास सही ढंगले सदुपयोग गर्ने भनेको युवाले हो । शक्तिशाली उर्जाशील उमेर युवा हो । अँध्यारोबाट उज्यालो तर्फ अगाडि बढ्न सक्ने सुन्दर भविष्यको मार्गदर्शन गर्न सक्ने उमेर हो । युवा प्रेम, सत्मार्ग, व्यावसाय, आन्दोलन, तथा नेतृत्वमा आफ्नो अरुको भबिष्यका लागि नकारात्मक सोचबाट सकारात्मको उज्यालो बाटोतिर लम्कने उमेर हो ।  खोला र नदिले समुद्र बने झैं अवसरको खोजी गर्दै अगाडि बढ्न युवा बाटै सम्भब छ । युवाहरूलाई उपेक्षित गरी समाज रुपान्तरण असम्भव छ ।

आज कोभिड–१९ ले बिश्व अक्रान्त छ,  अविकसित मुलुकको कुरा अहिलेलाई थाँती राखेर यसो हेर्ने हो भने पनि युवा बेरोजगार बढ्ने निश्चितै छ ।  कोभिड–१९ को महामारीले गर्दा विप्रेषण आयमा व्यापक कमी आउनेछ । हाम्रो देशमा पनि बेरोजगारी ह्वात्तै बढेर जाने छ । यो दर युवामा अत्यधिक हुने छ । युवाहरुमा डिप्रेसनको सिकार हुने छ ।

माथिल्लो प्रसङ्गलाई यहाँ जोडौं ।

तपस्यामा बस्ने ब्यक्तिको ध्यान तपस्यामा हुनुपर्छ तर उसको ध्यान कतै छ भने उसको तपस्या कसरी सफल हुन्छ? हो त्यसैगरी जिम्मेवारी ठाउँमा बसेको ब्यक्तिको ध्यान केमा छ ? समस्या समाधानमा छ की छैन? कि ! आफ्नो आफन्त तिर मात्रै छ? देशभरको अबस्था केछ ? कोभीड–१९ को सायद हामी युवा जति जानकार छौं त्यति जानकार जिम्मेवारी ठाउँमा बस्ने ब्यक्तिको पनि होला ! सायद यो सँगै वैदेशिक रोजगारीमा गएको ठूलो हिस्सा युवा स्वदेश आउँदै छ, नेपालमै पनि एउटा ठूलो तप्काका युवा बेरोजगार हुने सम्भावना छ । समस्या धेरै छ, अरु कसैलाई दोष दिएर कोही उम्कन सक्दैन ।

इतिहासकै शक्तिशाली सरकार छ । यो सरकारबाट युवाले धेरै आशा गरेका थिए । देशले भविष्यको मार्ग पहिल्याउन सक्ने आधारित सरकार ठानेको थियो । तर निराशा चरम बन्दै बढिरहेको छ, सरकारसँगै ।

लकडाउनले ब्यापार ब्यवसाय चौपट भएको छ । बैंकको ब्याज र किस्ता तिर्न नसकेर हालत खराब छ । बैँकबाट किस्ता र ब्याजको लागि तारानतार फोन आउन थालेको छ । बैँकको प्रतिनिधीहरु घरमै आउन थालेका छन् । सरकारले पनि हातखुट्टा बाधेर पौडिन जाउ भनेर पोखरी धकेलिदिएको हामीलाई अनुभूति भएको छ ।

अहिले सम्पूर्ण ब्यापार ब्यवसाय बन्द गराएर अग्रिम कर बुझाउन अल्टिमेटम दिएको छ । झन् घर भाडामा लिएर ब्यवसाय गर्नेको कुरै नगरौँ । घरबेटीले पनि बैँकबाट कर्जा लिएको हुन्छ, त्यो कसरी तिर्ने भाडा ठप्प भएपछि । श्रमिकहरुको पनि तलव दिन सकिरहेको छैन त्यहि तलवले घरपरिवारको जिविकोपार्जन गर्नेको त दैनिकी जीवन झन् दयनीय बन्दै गएको छ ।

समाधान कसरी ?

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र(सिडिसी) ले कोरोना भाईरसको संक्रमणबाट बच्दै लकडाउन खुकुलो बनाउदै तीन चरणमा संक्रमण नियन्त्रणको बिशेष सुझाब दिएको छ।

आकास्मिक सेवा र स्वास्थ्य संस्थाहरुको ब्यबस्थापन गर्नु पर्ने (सिडिसी)को सल्लाह छ । स्थानीय तहमा कोरोना परिक्षण र उपचारको लागि विशेष कार्यक्रम ल्याउन (सिडिसी)ले सरकारलाई सल्लाह दिएको छ।

बिदेशबाट आएको खाद्यान्न हाम्रो चुलामा सहजै पुग्छ तर नेपाली उत्पादन किसानको खेतबारीमै नष्ट गर्नु परिरहेको छ त्यस्को कसरी समाधान हुन्छ तत्काल सम्बोधन गर्नु पर्छ ।

विदेशबाट आएको युवाहरुलाई सम्बन्धित दक्ष काममा स्थानीय सरकारको पहलमा वा युवा स्वरोजगार मार्फत लगाउन सकिन्छ ।

विश्व स्वास्थ्य संगठनले कोभिड–१९ पुर्ण रुपले ठिक हुदैन भनिसकेकोले सचेतना अपनाउदै उद्योग कलकारखाना व्यावसाय सुचारु गर्नुको विकल्प छैन ।

विकसित मुलुकहरुले विभिन्न मोडालिटीबाट बजार खुलाउन थालिसकेको छ बन्दाबन्दिको विकल्प त्यसैको कपि गर्दै बजार क्रमश खुलाउनु पर्छ ।

सरकारी निकायसँग पूर्ण पारदर्शिता सहित निजि क्षेत्रसँग सहकार्य गरेर तापक्रम लिने, पन्जा, माक्स, सेनिटाइजर लगाएत अन्य सावधानी अपनाएर व्यावसाय संचालनमा ल्याउने ।

उदाहरण को लागि रेष्टुरेन्ट को लिउ “टेक होम” र होम डेलिभरी टेबल दूरी राखेर रेस्टुरेन्ट संचालन गर्ने । सकेसम्म उभिएरै सेवा लिनेदिने अभ्यास गर्न सकिन्छ । नोटः क्रेडिट कार्ड किटानु मुक्त

(डिसइन्फेक्ट) गरेर मात्रै अर्को ब्यक्तिले लिने मेनु, बिलबुक लगाएत सामान पनि किटाणु मुक्त (डिसइन्फेक्ट) गरेर मात्रै प्रयोगमा ल्याउने गर्नुपर्छ ।

सरकारले हरेक चिजको जानकारी राख्नुपर्छ । समाधानका लागि दिइएका सुझावमा घोत्लिनुपर्छ । अन्यथा प्रसङ्मा जोडिएको प्रेमी भेट्न हिँडेकी केटीको प्रश्न मात्र नबनोस् अहिलेको अवस्था ।

लेखक फाष्टफुड एसोसिएसन नेपालको महासचिव हुन् ।