४ कार्तिक २०८३, बुधबार

बलिउडलाई चार हजार कराेड नाेक्सानी, कलाकारकाे पारिश्रमिक घटाउन प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । कोरोना भाइरसका कारण साढे दुई महिनामा बलिउडलाई तीन हजारदेखि चार हजार करोड रुपियाँको नोक्सान हुनेछ ।

फिल्म निर्माताको आर्थिक स्थिति हेरेर बलिउडका केही स्टार आफ्नो पारि श्रमिक घटाउन तयार भएका छन् ।

अभिनेत्री माधुरी दीक्षितले कलाकारहरूले पारिश्रमिमक घटाउनु पर्ने बताएकी छिन् । उनले भनिन्, ‘हामीले निर्मातालाई सपोर्ट गर्ने बेला भएको छ । हामी सबै ठीक तरिकाले काम शुरु होस् भन्ने चाहन्छौं ।’

‘हामीले आफ्नो पारि श्रमिक घटाउनु जरुरी छ’, उनले भनिन्, ‘उद्योग सामान्य रूपले चलोस् भन्ने सोच्ने हो भने हामीले पनि प्रयास गर्नु जरुरी छ । यसका लागि म निर्माताको पक्षमा उभिन तयार छु ।’

बलिउड अभिनेता कार्तिक आर्यनले पनि पारि श्रमिक घटाउने इच्छा व्यक्त गरेका छन् ।