शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कोरोनाले विदेशमा रहेका नेपालीको मृत्यु हुने क्रम रोकिएको एनआरएनएको भनाई

दैनिक नेपाल २०७७ जेठ ३२ गते ११:२७

काठमाडौं, ३२ जेठ । विश्वका विभिन्न मुलुकमा कोरोनाको प्रभावमा नेपाली परे पनि शनिबारदेखि भने मृत्यु हुने क्रम रोकिएको गैर आवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।

यो साता कुनै पनि देशमा नेपालीले ज्यान नगुमाएको जानकारी एनआरएनएले दिएको हो । एनआरएनए अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विश्वका विभिन्न देशमा कोरोना संक्रमण दरमा शनिबारसम्ममा कमी आएको छ ।

डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियमलगायतका १५ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएको बताइएको छ ।

विदेशमा रहेका १७ हजार ७ सय ९२ जना नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएको पृष्ठभूमीमा ८ हजार बढीले कोरोना जितेको एनआरएनएको भनाई छ । उता, अफ्रिकाका विभिन्न मुलुकमा रहेका तीन जना नेपालीमाचाहिँ कोरोना देखिएको छ ।

कोरोना संक्रमणले हालसम्म १ सय २७ जना नेपालीले विदेशमा ज्यान गुमाएका छन् भने नेपाल ज्यान गुमाउने संख्या १८ पुगेको छ ।

कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीहरुको ज्यान गएको थियो ।

प्रतिक्रिया
सम्बन्धित