मुम्बई । बलिउड अभिनेत्री सुस्मिता सेन पछिल्लो डेढ वर्षदेखि मोडल प्रेमी रोहमन सालसँग डेटमा छिन् ।
रोहमनसँगको भेटबारे सुस्मिताले भनेकी छन्, ‘उनीसँग मेरो चिनजान इन्स्टाग्राम सामाजिक सञ्जालमार्फत भएको थियो ।’
‘उनले मलाई प्रत्यक्ष सन्देश पठाएका थिए’, उनले भनेकी छिन्, ‘मैले रिप्लाई दिएपछि कुराकानी सुरु भयो।’
‘सुस्मिताका अनुसार सुरुआतमा रोहमनले उनीसँग तपाईंकै उमेरबराबर भनेर ढाँटे । तर उनले पत्याइनन्’, उनी भन्छिन्, ‘तिमी धेरै जवान देखिन्छौ भनेपछि उनलाई कुराकानी गर्न असहज लाग्थ्यो । हाम्रो नाता ईश्वरले चुनेका थिए ।’
रोहमन र सुस्मिताबीच १५ वर्षको फरक छ । सुस्मिता ४४ वर्षकी भइन् भने रोहमन मात्र २९ वर्षका छन् । लकडाउन अवधिमा यी दुवै सँगसँगै छन् ।
त्यसैगरी सन् २०१० मा दुल्हा मिल गया फिल्मपछि हराएकी सुस्मिता पुनः बलिउडमा कमब्याक गर्दै छिन् । उनी राम माधवानीको निर्देशनमा बन्ने आर्या फिल्ममा देखिन थालेकी हुन् । यो डच सिरिज पेनोजाकी हिन्दी रिमेक भनिएकाे छ ।















प्रतिक्रिया