७ मंसिर २०८३, सोमबार

वीरगञ्जमा वेवारिसे शव भेटियो, कोरोना संक्रमण पनि पुष्टि

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, ३१ जेठ । वीरगञ्जमा भेटिएको एउटा वेवारिसे शवमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

२५ वर्षीय पुरुषको शव घन्टाघर नजिक भेटिएको हो ।

उनको शव पोष्टमार्टमपछि पनि नारायणी अस्पतालमै राखिएको थियो । बेवारिसे शव भए पनि पीसीआर परीक्षणका लागि अस्पतालले स्वाब संकलन गरेको थियो ।

शव उठाउने लगायतका कार्यमा खटिएका तीन जना प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ ।