७ मंसिर २०८३, सोमबार

बबईमा त्रिशुल प्रहारबाट मृत्यु, आफैलाई हँसिया प्रहार

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घाेराही, ३१ जेठ । दाङ जिल्लाकाे बबई गाउँपालिका ३ गुन्द्री बजार बस्ने ४६ वर्षीय नारायण डाँगीको त्रिशुल प्रहारबाट शुक्रबार बिहान मृत्यु भएको छ ।

सोही गाउँपालिका ३ धनुवास बस्ने २४ वर्षीय बालीराम ओलीले सोही ठाउँस्थित दुर्गामाताको मन्दिरमा रहेको फलामको त्रिशूल लिई उनकै घरमा आई पछाडिबाट घाँटीमा प्रहार गर्दा गम्भीर घाइते भएका डाँगीको उपचारको लागि राप्ती प्रादेशिक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

त्रिशुल प्रहार गर्ने बालीरामले आफैलाई हँसिया प्रहार गर्दा गम्भीर घाइते भएकोले प्रहरीले नियन्त्रणमा लिई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल लगेको छ । बालीराम सुस्त मनस्थितिको भएको प्रहरी भनाइ छ ।